Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियान जुट्दै उदयपुर वाइसिएल

खबरडबली संवाददाता

उदयपुर । नेकपा (माओवादी केन्द्र)को सहायक संगठनको रूपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल, उदयपुर सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको छ । 

वाइसिएल केन्द्रको केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल उदयपुर सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको हो ।

वाइसिएल कोशी प्रदेश सहसचिव तथा उदयपुरका जिल्ला संयोजक ईश्वर पोखरेल (चेतन)ले वाइसिएल केन्द्रको कार्यक्रमअनुसार सार्वजनिक स्थलको सरसफाइ, वृृक्षरोपण तथा श्रमदानका विभिन्न कामहरूमा जोड दिइएको बताए । उनले भने, ‘केन्द्रको अभियान उद्घाटनको क्रममा गाईघाटस्थित थारुटह रंगशालापरिसर सरसफाइ गरेका थियौँ ।’ 

उद्घाटनको दिन उदयपुरको थारुहट रंगशालाको फुटबल खेलमैदानवरिपरिको नाली सफा गर्नुका साथै मैदानमा उम्रेको झार र बुटा कटिङ गरेर सफा गरिएको थियो । त्यसपछि दोस्रो दिन त्रियुगा नगरपालिका– १४ स्थित बैथुमका एलिस्टेसन फलफूलका बिरुवाको वृक्षरोपण तथा सरसफाइ र तेस्रो दिन त्रियुगा–६ कै चुरिया मन्दिर सरसफाइ तथा फूल रोपण गरिएको पोखरेलले जानकारी दिए ।

साउन १ गतेदेखि सुरु भएको दुई महिनासम्म चल्ने वाइसिएलको कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत अब उदयपुरका पालिकाहरूमा केन्द्रित हुनेछ । जसमा पालिकाहरूमा श्रम र उत्पादनमा आधारित विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिइएको छ । ‘पोखरेलले भने, ‘जिल्लाका आठवटै पालिकामा वाइसिएलको कमिटी छ । अब पालिका कमिटीहरूले पालिकामा अनुकूल हुने गरी श्रम र उत्पादनमा जोडिएका कार्यक्रमहरू सुरु गर्नेछन् ।’

उदयपुरमा प्रकृतिजन्य विपत् व्यवस्थापनमा वाइसिएललाई जोड्न वाइसिएल उदयपुरका जिल्ला सचिव ईश्वर साम्पाङको नेतृत्वमा विपत् व्यवस्थापन एसटिएफ गठन भएको पनि पोखरेलको भनाइ छ । यता सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध पनि वाइसिएलले निगरानी बढाएको जानकारी दिइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending