Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बाँकेकाे काेहलपुर-१ भूमिहीनलाई लालपुर्जा

खबरडबली संवाददाता

बाँके ।  बाँकेको कोहलपुर नगरपालिका वडा १ का थप तीनसय २५ अव्यवस्थित बसोवासीले शनिबार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनतकुमार कार्कीले कोहलपुर १ का अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरेका छन् ।

उपाध्यक्ष कार्कीले पछिल्लो समयमा आयोगले देशभर भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण कार्य तीव्र पारेको बताए । उनले देशभर लालपुर्जा वितरण काम जारी रहे पनि यो काममा सबैभन्दा अगाडि बाँके रहेको उल्लेख गरे । 

“हामी आएको नौ महिना भयो, जिल्लाका आयोगहरु बनेको ६ महिना पुगेको छ, यो अवधिमा हामीले देशभरका भुमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने काम तीव्र पारेका छौँ, त्यसमा बाँके अग्रपङ्तिमा छ” उपाध्यक्ष कार्कीले भने, “हामीभन्दा अगाडि करिब १८ वटा आयोग बने तर धेरै काम गर्न सकेका थिएनन्, हामी १९ औँ आयोगका रुपमा आइसकेपछि यो कामलाई तीव्र पारेका छौँ ।”

उनले देशभरमा भूमिहीन नागरिकका ११ लाखभन्दा बढी आवेदन आयोगमा दर्ता भएको जानकारी दिए । “पहिलो चरणको आह्वानमा देशभरबाट करिब ११ लाख बढी आवेदन दर्ता भएका छन्, छुट भएका नागरिकका लागि आयोगले पुनः दोस्रो चरणको आवेदन आह्वान गरिसकेको छ, आवेदन सङ्कलन हुने कार्य जारी छ, करिब १५ लाख आवेदन पुग्ने हामीले अनुमान गरेका छौँ” उनले भने । 

लालपुर्जामा राखिएको १० वर्षे प्रावधान हटाउन आयोगले पहल गरिरहेको उनको भनाइ छ । “लालपुर्जामा राखिएको खरिद बिक्री तथा अन्य प्रयोजन गर्न नपाइने १० वर्षे प्रावधान हटाउन यहाँबाट मात्र नभई देशभरबाट सुझावहरु आइरहेका छन्, हामीले बैठकमा पनि छलफल गरेका थियौँ, नागरिकका भावनालाई कदर गर्दै समायवधि कसरी कममा झार्न सकिन्छ भन्ने विषयमा हामी आगामी बैठकमा थप छलफल गरेर निष्कर्षमा पुग्नेछौँ” उनले भने ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले भूमिहीन नागरिकको माग र आफूले गरेको प्रतिबद्धता अनुसार कोहलपुरबाट लालपुर्जा वितरण अभियान सुरु गरिएको बताए । आयोग बाँकेका अध्यक्ष घननाथ खनालले शनिबार कोहलपुर १ का थप ३२५ जना अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए । बाँकेमा ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । 

जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको सङ्ख्या ६ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको छ । बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending