Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

बाँकेकाे काेहलपुर-१ भूमिहीनलाई लालपुर्जा

खबरडबली संवाददाता

बाँके ।  बाँकेको कोहलपुर नगरपालिका वडा १ का थप तीनसय २५ अव्यवस्थित बसोवासीले शनिबार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनतकुमार कार्कीले कोहलपुर १ का अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरेका छन् ।

उपाध्यक्ष कार्कीले पछिल्लो समयमा आयोगले देशभर भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण कार्य तीव्र पारेको बताए । उनले देशभर लालपुर्जा वितरण काम जारी रहे पनि यो काममा सबैभन्दा अगाडि बाँके रहेको उल्लेख गरे । 

“हामी आएको नौ महिना भयो, जिल्लाका आयोगहरु बनेको ६ महिना पुगेको छ, यो अवधिमा हामीले देशभरका भुमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने काम तीव्र पारेका छौँ, त्यसमा बाँके अग्रपङ्तिमा छ” उपाध्यक्ष कार्कीले भने, “हामीभन्दा अगाडि करिब १८ वटा आयोग बने तर धेरै काम गर्न सकेका थिएनन्, हामी १९ औँ आयोगका रुपमा आइसकेपछि यो कामलाई तीव्र पारेका छौँ ।”

उनले देशभरमा भूमिहीन नागरिकका ११ लाखभन्दा बढी आवेदन आयोगमा दर्ता भएको जानकारी दिए । “पहिलो चरणको आह्वानमा देशभरबाट करिब ११ लाख बढी आवेदन दर्ता भएका छन्, छुट भएका नागरिकका लागि आयोगले पुनः दोस्रो चरणको आवेदन आह्वान गरिसकेको छ, आवेदन सङ्कलन हुने कार्य जारी छ, करिब १५ लाख आवेदन पुग्ने हामीले अनुमान गरेका छौँ” उनले भने । 

लालपुर्जामा राखिएको १० वर्षे प्रावधान हटाउन आयोगले पहल गरिरहेको उनको भनाइ छ । “लालपुर्जामा राखिएको खरिद बिक्री तथा अन्य प्रयोजन गर्न नपाइने १० वर्षे प्रावधान हटाउन यहाँबाट मात्र नभई देशभरबाट सुझावहरु आइरहेका छन्, हामीले बैठकमा पनि छलफल गरेका थियौँ, नागरिकका भावनालाई कदर गर्दै समायवधि कसरी कममा झार्न सकिन्छ भन्ने विषयमा हामी आगामी बैठकमा थप छलफल गरेर निष्कर्षमा पुग्नेछौँ” उनले भने ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले भूमिहीन नागरिकको माग र आफूले गरेको प्रतिबद्धता अनुसार कोहलपुरबाट लालपुर्जा वितरण अभियान सुरु गरिएको बताए । आयोग बाँकेका अध्यक्ष घननाथ खनालले शनिबार कोहलपुर १ का थप ३२५ जना अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए । बाँकेमा ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । 

जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको सङ्ख्या ६ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको छ । बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE