ताप्लेजुङ । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । हरेक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिने पूर्वकै सर्वाधिक दर्शक सहभागी हुने प्रतियोगिता आगामी साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने भएसँगै तयारीलाई तीव्र पारिएको हो ।
प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्दै गोल्डकपको तयारीबारे जानकारी गराएको हो । विगतका वर्षमा भन्दा प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउनेगरी तयारीलाई तीव्रता दिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।
अध्यक्ष मादेनका अनुसार व्यस्थापकीय तयारीसँगै सहयोग सङ्कलनलगायतका कार्य भइरहेको छ । लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यसवर्ष गोल्डकपको पुरस्कार राशि पनि वृद्धि गरिएको छ । समितिको निर्णयअनुसार गोल्डकप विजेतालाई सात लाख दुई हजार ८२ र उपविजेतालाई तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार राशि पाउने भएका शेर्पाले बताए । यसअघि विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउँदै आएका थिए ।
यता यसवर्ष प्रतियोगितामा सहभागी हुने टोलीको भने टुङ्गो लाग्न बाँकी रहेको समितिका सचिव टीकेन्द्र नेपालीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा स्थानीय एकसहित आठ टोली सहभागी हुनेछन् । भारत, दार्जिलिङको एक टोलीको प्रतियोगितामा सहभागिता रहनेछ ।
गोल्डकप प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । त्यस्तै यो वर्ष गोल्डकपको टिकट बिक्रीका लागि बोलपत्र आह्वान गरिएको छ । समितिले न्यूनतम २० लाख रुपियाँ रकम तोक्दै बोलपत्रको प्रक्रियामार्फत टिकट बिक्री गर्ने गरी बोलपत्र आह्वान गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: