Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

उदयपुरमा नागरिकताको महत्व बारे नागरिक प्रतिवद्धता स्वघोषणा लागू

खबरडबली संवाददाता

उदयपुर । उदयुरमा नयाँ नागरिकताको प्रमाणपत्र लिने नयाँ पुस्तालाई ‘नागरिकता’ को महत्व बुझाउन नागरिक प्रतिवद्धता स्वघोषणा लागू गरिएको छ । 

आजदेखि जिल्ला प्रशासन कर्यालय उदयपुरले नयाँ नागरिकता लिने नयाँ पुस्तालाई नागरिकताको दुरुपयोग नहोस् भन्ने उदेश्यले महत्वको महत्व बुझाउन नागरिक प्रतिवद्धता स्वघोषणा लागू गरेको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकरी प्रेमप्रसाद लुइटेलले नयाँ आर्थिक वर्ष २०८२/०८३ सुरु भएसँगै आज (शुक्रबार) बाट नयाँ नागरिकता लिने नागरिकका लागि नागरिकताको महत्व बुझाउन नागरिक प्रतिवद्धता स्वघोषणा लागू गरिएको जानकारी दिए । उनले भने, ‘नयाँ नागरिकता लिएपछि नागरिकलाई नागरिकताप्रति जिम्मेवार बनाउनको लागि नागरिक प्रतिवद्धता स्वःघोषणा लागू लागू गरेका हौँ ।’

जिल्ला प्रशासन कार्यालय उदयपुरमा नयाँ नागरिकता लिन आउने लागि नागरिक प्रतिवद्धता स्वघोषणा लागू गर्दै एकपटक सातजनालाई नयाँ नागरिकता प्रदान गरिएको थियो । नागरिक प्रतिवद्धता स्वघोषणामा सातबुँदा राखिएको छ ।

कार्यालयका अनुसार सात बुदाँमा पहिलोमा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने छु । दोस्रोमा नेपालको संविधान र प्रचलित कानुनको पूर्णरुपमा पालना गर्ने छु । तेस्रोमा सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्नेछु । चौथोमा नागरिकता प्रमाण पत्रको दुरुपायोग गर्ने छैन् । पाँचौमा दोहोरो नागरिकता बनाउने छैन् । नागरिकता च्यात्ने, केरमेट गर्ने छैन् । नागरिक प्रमाणपत्रको संरक्षण गर्ने छु । छैटौँमा नागरिकता अनुसार आफ्नाे पहिचान र विवरण कायम गर्ने छु । सातौँमा झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा संलग्न हुनेछैन । 

स्वघोषणाका सातै बुँदा जिल्ला प्रशासन कर्यालयमा व्यानर बनाएर राखिएको प्रमुख जिल्ला अधिकारी लुइटेलले बताए । उनले भने, ‘नागरिकता लिन आउने जो कोहीलाई हामीले जानकारीको लागि व्यानर बनाएर पनि पढ्ने गरी राखिदिएका छौँ । अनि नागरिकता लिँदा नागरिकता दिने अधिकारीहरुले पनि सातबुँदा बारे सेवाग्राहीलाई सम्झाउनु हुन्छ ।’

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: