Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

पोखरा विश्वविद्यालय २९ औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान

खबरडबली संवाददाता

पोखरा । पोखरा विश्वविद्यालय २९ औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित गरिएको छ । 

विश्वविद्यालयले रजिष्ट्रार सह–प्राडा अजय थापा, सह–प्रशासक गोवर्धन भट्टराई, उप–प्रशासक सीतादेवी ढकाल, मुख्य सहायकहरू विमल कार्की र पुरूषोत्तम रानाभाट, सवारी चालक झगबहादुर कमर तथा कार्यालय सहयोगी दुर्गा रेग्मी र जोगिराम नेपालीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरेको हो ।

पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार २०५४ साल साउन १ गते स्थापित विश्वविद्यालयले आफ्नो स्थापना दिवसका अवसर पारी प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउँदै आएकामा यस वर्ष दीर्घसेवा पदक सम्मान कार्यक्रमसहित विश्वविद्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले विश्वविद्यालय उच्च शिक्षाको एक महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको बताए । विश्वविद्यालयको हालको उचाइमा पुग्न योगदान दिने पूर्वपदाधिकारी, समाजसेवी, शिक्षासेवीप्रति आभार प्रकट गर्दै उनले २५ औँ विश्वविद्यालय सभामार्फत अघि सारिएका नीति तथा कार्यक्रम अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.तीर्थराज अर्यालले आयोगले विश्वविद्यालयको मार्गनिर्देशानुसार कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि लक्ष्य र योजनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । रजिष्ट्रार सह–प्राडा अजय थापाले पोखरा विश्वविद्यालयसँगै आफू हुर्किएको अनुभव सुनाउँदै २५ वर्ष निरन्तर सेवामा रहन पाउँदा गर्व महसुस भएको बताए ।

सुरुमा स्नातकोत्तर तहमा १२–१५ जना र स्नातक तहमा २८ जना विद्यार्थी तथा आठ–१० जना कर्मचारीबाट सुरु भएको विश्वविद्यालय हाल ६५ कलेजमार्फत ३५ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिरहेको उल्लेख गर्दै उनले यस सफलताको श्रेय सम्पूर्ण संस्थापक, पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीलाई जाने धारणा राखे । 

कार्यक्रममा पूर्वरजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी, व्यवस्थापन सङ्कायका डिन सह–प्राडा दयाराज ढकाल, प्राध्यापक सङ्घका सभापति सह–प्राडा निरञ्जन श्रेष्ठ, स्कूल अफ बिजनेसका निर्देशक सह–प्राडा श्रृजन ज्ञवालीलगायतले सबैको साथ र सहयोगमा विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending