Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

मधेश प्रदेशमा ४४२ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

खबरडबली संवाददाता

धनुषा । डिभिजन वन कार्यालय धनुषाले ३० हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा तथा बाली हटाएर वनको स्वामित्वमा रहेको जमिन फिर्ता लिइएको हो ।

डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख विनोद सिंहले एक वर्षको अवधिमा ३० हेक्टर अतिक्रमित वन क्षेत्रलाई अतिक्रमणमुक्त गरिएको बताए । उनले अतिक्रमणमुक्त गरिएको जमिनमा वृक्षरोपण तथा तारजालीले घेराबेरा गरी सुरक्षित गरिएको जानकारी दिए । 

उनका अनुसार जिल्लामा ८४२ हेक्टर वन क्षेत्रको जमिन अझै अतिक्रमणको चपेटामा छ । आगामी दिनमा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायको सहयोग अन्य ठाउँका अतिक्रमित जमिन चरणबद्ध रूपमा खाली गराउने डिभिजनल प्रमुख सिंहले जानकारी दिए । 

वन निर्देशनालय मधेश प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१-०८२ मा ४४२ हेक्टर वन क्षेत्रको जमिन अतिक्रमणमुक्त गरिएको छ । यसमध्ये सबैभन्दा बढी सर्लाहीमा १७५ हेक्टर वनको जमिन खाली गरिएको छ । त्यस्तै, सप्तरीमा एक सय ११, सिराहामा १०, महोत्तरीमा तीन, रौतहटमा १२, बारामा ५४ र पर्सामा ४५ हेक्टर अतिक्रमित जमिन खाली गराइएको हो । तथ्याङ्कअनुसार प्रदेशमा १६ हजार ५९९ हेक्टर वन क्षेत्रको जग्गा अझै अतिक्रमण अवस्थामा छ ।

मधेश सरकारका वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादवले वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउन वन प्रशासन सक्रिय रूपमा लागेको बताए । उनले भने, “वन क्षेत्र अतिक्रमणमुक्त बनाउन हामी दृढ छौं । यस कार्यमा प्रशासनिक संयन्त्र मात्र होइन राजनीतिक दलहरूसँग पनि समन्वय गरी अघि बढिरहेका छौं ।”

नेपालमा कुल भू–भागको करिब ४५ प्रतिशत क्षेत्र वनले ढाकेको भए पनि मधेश प्रदेशमा ३.७२ प्रतिशत मात्र वन क्षेत्र छ । प्रदेशमा झन्डै दुई लाख दुई हजार २०२ हेक्टर जमिन वन क्षेत्र भए पनि १३६ स्थानीय तहहरूमध्ये ८९ वटामा वन क्षेत्र छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending