Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

मकवानपुरगढीमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दो

खबरडबली संवाददाता

मकवानपुरगढी । सुरक्षित आप्रवासन परियोजना (सामी) मकवानपुरले चालु आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीका लागि पुरुषको तुलनामा महिलाको संख्या बढ्दो रहेको छ ।

विहीबार सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै सामी परियोजना मकवानपुरका संयोजक अञ्जिता थापा मगरले चालू आर्थिक वर्षको चैतसम्ममा  मकवानपुरबाट तीन हजारको संख्यामा महिला वैदेशिक रोजगारीका लागि विदेशिएको जानकारी दिए । 

मकवानपुरमा चालू आर्थिक वर्षको चैतसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुमा पुरुष ८ हजार २ सय ५७ र महिला ३ हजार रहेको उनले बताए । यसरी यस वर्षको चैत मसान्तसम्ममा मात्र ११ हजार २ सय ५७ जनाले मकवानपुरबाट श्रम स्वीकृति लिएर विदेशिएका छन् । यद्यपि तथ्यांकलाई हेर्दा विदेशीनेमा पुरुषको तुलनामा महिलाको संख्या कम देखिए पनि गत वर्षहरुको भन्दा यो तथ्यांक बढ्दो रहेको सामी परियोजना मकवानपुरले जनाएको छ ।

चालू आर्थिक वर्षमा स्रोतकेन्द्रबाट ७ हजार २ सय ६६ जनामा सुरक्षित वैदेशिक रोजगारबारे सूचना प्रवाह गरिएको र जसमा ८७ प्रतिशतको उद्देश्य वैदेशिक रोजगारीको रहेको उनले बताए । 

सामी परियोजनाले मुख्यतया सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय र वित्तीय साक्षरता लगायतका क्षेत्रमा सेवाहरु उपलब्ध गराउँदै आएको छ । चालू आर्थिक वर्षमा सामी स्रोत केन्द्रमा १ सय ३३ वटा वैदेशिक घटनाहरु प्राप्त भएको र त्यसमध्ये ४७ वटा घटनालाई समाधान गर्न सामी परियोजना सफल भएको संयोजक मगरले जानकारी दिए । 

चालू आर्थिक वर्षमा सामी परियोजनामा ५३ वटा ठगीका घटनाहरु आएको र जिल्ला प्रशासन कार्यालय मकवानपुरसहित वैदेशिक रोजगार विभाग कार्यालयको सहजिकरणमा ३२ वटा घटना समाधान गरिएको छ ।  जसमा पीडित पक्षको पन्ध्र लाख ८ हजार नगद रुपियाँ उठेको संयोजक मगरले बताए । 

संयोजक मगरका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका श्रमिकको मृत्यु भएको खण्डमा उक्त श्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्डले १० लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ भने श्रमिक दुर्घटनामा परी अङ्गभङ्ग भएमा वा विरामी परेमा ७ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending