Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

जलवायु सङ्कटले जीवनको अधिकारमा गम्भीर असर पार्दै : संयुक्त राष्ट्रसंघ

खबरडबली संवाददाता

जेनेभा । दक्षिणी युरोपमा तीव्र गर्मीको लहर चलिरहेका बेला संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कले जलवायु परिवर्तनले मानिसको जीवन र अधिकारमा गम्भीर खतरा उत्पन्न गराइरहेको बताएका छन् । 

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै उनले भने, “जलवायु सङ्कट भनेको मानवअधिकारको सङ्कट हो । तापक्रमको वृद्ध, समुद्री सतहको बढ्दो मात्रा, बाढी, खडेरी र डढेलोले जीवन, स्वास्थ्य, स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने अधिकारसहित अन्य धेरै अधिकारहरूमा असर पुर्‍याइरहेका छन् ।”

उच्चायुक्त टुर्कले युरोपमा देखिएको हालको गर्मीको लहरले जलवायु परिवर्तनसँग जुध्न आवश्यक तयारी तथा उपायहरू अपनाउन सबैको ध्यान जानु पर्ने बताए । उनले जीवाश्म इन्धन प्रयोग गर्ने उद्योगहरूले गलत प्रचार र झुटा समाधानमार्फत वास्तविकता लुकाउने प्रयास गरिरहेको, साथै वातावरणीय क्षतिबाट ध्यान हटाएर मुनाफा कमाइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले यस्ता उद्योगलाई जवाफदेही बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । 

“प्राकृतिक स्रोतको दुरुपयोगबाट लाभ उठाउने व्यक्तिहरू र संस्थाहरूले त्यसको मूल्य तिर्नुपर्छ ।” उच्चायुक्तका अनुसार जलवायु रूपान्तरणका लागि दिइने अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रायः ऋणको रूपमा हुने भएकाले यसले गरिब तथा विकासोन्मुख मुलुकहरूमा थप ऋणको बोझ सिर्जना गरिरहेको छ । “आज करिब तीन अर्ब ३० करोड मानिस यस्ता मुलुकहरूमा बसोबास गर्छन्, जसले शिक्षा, स्वास्थ्यभन्दा बढी रकम ऋणको ब्याज तिर्न खर्च गरिरहेका छन्,” उनले बताए । 

उनले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनले वातावरण र जलवायु जोगाउन राष्ट्रहरूको कर्तव्य प्रष्ट रूपमा परिभाषित गर्दै लगेको र यो प्रक्रियाले जलवायु न्याय सुनिश्चित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । जलवायु परिवर्तनसम्बन्धी छलफल भइरहेका बेला जेनेभामा अत्यधिक गर्मी भएकाले मानवअधिकार परिषद्का अध्यक्षले पोशाकसम्बन्धी नियममा केही सहजता अपनाउँदै टाइ नलगाउने निर्णय गरेका थिए । सो दिन त्यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending