सम्मेलनले ५१ सदस्यीय कार्यालय टोली, सचिवालय तथा केन्द्रीय समिति गठन गर्नुका साथै ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति पनि निर्माण गरेको जनाएको छ।
कार्यक्रमको उद्घाटन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा देखिए पनि नयाँ ऊर्जा र उत्साहका साथ देश र जनताको पक्षमा अघि बढ्ने विश्वास व्यक्त गरे।
उनले कम्युनिस्ट आन्दोलनलाई आमूल परिवर्तनको संवाहकको रूपमा व्याख्या गर्दै आन्दोलनभित्र देखिएका कमजोरी र अराजक प्रवृत्तिबाट सचेत रहन आवश्यक रहेको बताए। साथै, नयाँ पुस्तालाई विचार, संगठन र आन्दोलनसँग जोडेर जिम्मेवार नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका विशिष्ट अतिथि तथा कला, साहित्य तथा संस्कृति विभाग केन्द्रीय कार्य संयोजन समितिका सदस्य गङ्गानारायण श्रेष्ठले विश्व समाजवादी संस्कृति, नेपाली कम्युनिस्ट आन्दोलन र प्रगतिशील सांस्कृतिक अभियान अहिले रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्दै त्यसलाई थप प्रभावकारी र सशक्त रूपमा अघि बढाउनुपर्ने धारणा राखे। उनले कला, साहित्य र संस्कृतिलाई सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे।
महासङ्घका इन्चार्ज चिरन पुनले विधान तथा प्रतिबद्धतापत्र प्रस्तुत गर्दै आगामी प्रगतिशील सांस्कृतिक अभियानलाई “चौमुखे तरवार” झैँ धारिलो र प्रभावकारी बनाउनु पर्ने बताए। सहइन्चार्ज उदय श्रेष्ठले स्वागत मन्तव्य राख्दै विभाजनभन्दा एकताले नै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सक्ने धारणा व्यक्त गरे।
सम्मेलनमा महासङ्घका पूर्व इन्चार्ज डा. गोपाल ठाकुर, नेकपा जनवर्गीय संगठन समन्वय मोर्चाका उपप्रमुख बलराम बाँस्कोटा तथा महासङ्घका पूर्वअध्यक्ष मातृकाप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य दिएका थिए।
नवनिर्वाचित संयोजक भीम कुमाखीले लेखक, कलाकार तथा सांस्कृतिककर्मीहरूको एकतालाई व्यवहारमा उतार्दै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
सम्मेलनले कला, साहित्य र संस्कृतिका माध्यमबाट समाज रूपान्तरणको अभियानलाई थप सशक्त बनाउने संकल्पसहित आगामी कार्यदिशा तय गरेको जनाएको छ।
कार्यक्रममा उदय श्रेष्ठ, झङ्कार बुढा, कर्ण विद्रोही, धनु ज्ञयामी, दीपक राई, एलिना, डम्बर रोकाया र पूजा श्रेष्ठलगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए भने कवि राजाराम राउतले कविता वाचन गरेका थिए। महासङ्घकी कार्यालय सदस्य कुस्मा महरा ‘प्रगति’ले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
गीत, कविता र सांस्कृतिक प्रस्तुतिहरूले सम्मेलनलाई थप उत्साहपूर्ण र जीवन्त बनाएको आयोजकले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: