Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

भू–माफियाको कब्जामा परेको काठमाडौंको बहुमूल्य जग्गा फिर्ता हुने संकेत

खबरडबली संवाददाता

काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अतिक्रमणमा परेका झण्डै दुई हजार रोपनी सार्वजनिक जग्गा फिर्ता हुने प्रक्रिया सुरु भएको छ।

मन्त्रिपरिषद्को जेठ २९ गतेको निर्णयअनुसार २०५२ सालमा बुझाइएको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)’ को प्रतिवेदन कार्यान्वयन गरिने भएको हो। प्रतिवेदनका आधारमा व्यक्तिको नाममा दर्ता भएका सार्वजनिक तथा सरकारी जग्गाको दर्ता बदर गरी पुनः सरकारकै नाममा ल्याउने तयारी गरिएको छ।

प्रतिवेदनअनुसार साविक काठमाडौं नगरपालिकाका ३५ वटै वडाभित्र रहेको १ हजार ८५९ रोपनी १४ आना ३ पैसा ३ दाम सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणमा परेको छ। त्यतिबेला नगरपालिकाभित्र रहेको कुल १८ हजार ८५१ रोपनीभन्दा बढी सरकारी तथा सार्वजनिक जग्गामध्ये करिब ९.८१ प्रतिशत हिस्सा अतिक्रमण भएको पाइएको थियो।

रावल आयोगले हाँडीगाउँ, बौद्ध, चाबहिल, बानेश्वर, कोटेश्वर, भीमसेनगोला लगायत क्षेत्रमा सबैभन्दा बढी सार्वजनिक जग्गा व्यक्तिको नाममा पुगेको उल्लेख गरेको छ। प्रतिवेदनमा तत्कालीन मालपोत, नापी र स्थानीय निकायका कर्मचारीको मिलेमतोमा सार्वजनिक जग्गा निजीकरण गरिएको दाबी गरिएको छ।

प्रतिवेदनले काठमाडौंको ऐतिहासिक टुकुचा खोलाको जग्गासमेत व्यक्तिको नाममा दर्ता गरिएको तथ्य उजागर गरेको छ। खोलाको वास्तविक क्षेत्रफल घटाएर बाँकी जग्गा विभिन्न व्यक्तिका नाममा नापजाँच गरी दर्ता गरिएको उल्लेख छ।

त्यस्तै, गुठी जग्गा संरक्षण गर्नुपर्ने निकायहरूकै कमजोरी, कानुनी छिद्र र प्रशासनिक अराजकताका कारण हजारौं रोपनी गुठी जग्गा निजी स्वामित्वमा पुगेको प्रतिवेदनको निष्कर्ष छ। उपत्यकामा रहेको करिब ६० हजार रोपनी गुठी जग्गामध्ये झण्डै ३ हजार रोपनीको अभिलेख नै गायब भएको उल्लेख गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा आठ सदस्यीय सहजीकरण समिति गठन गरिसकेको छ।

रावल आयोगले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाको नक्सा पास रोक्न, पानी तथा विद्युत् सेवा बन्द गर्न, गुठी जग्गाको संरक्षणलाई कडाइ गर्न तथा अतिक्रमित जग्गाको सीमा निर्धारण गरी संरक्षणका उपाय अवलम्बन गर्न सरकारलाई सिफारिस गरेको थियो।

सरकारले तीन दशक पुरानो प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै काठमाडौंका बहुमूल्य सार्वजनिक, सरकारी तथा गुठी जग्गा फिर्ता ल्याउने प्रक्रिया अब औपचारिक रूपमा अगाडि बढेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending