कम्पनीका अनुसार ConnectIPS लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम प्रयोग गरी ग्राहकलाई झुक्याउने उद्देश्यले भ्रामक (Fraudulent) एसएमएस पठाइएका छन्। यस्ता सन्देशमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै प्रयोगकर्तालाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरिएको पाइएको छ।
नेपाल टेलिकमले यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणीकरण गर्न र आफ्ना गोप्य विवरण सुरक्षित राख्न कम्पनीले सुझाव दिएको छ।
टेलिकमले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, OTP, Password, PIN, CVV जस्ता संवेदनशील विवरण कसैसँग पनि साझा नगर्न तथा बैंकिङ एवं डिजिटल भुक्तानीसम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, कुनै शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्था वा निकायलाई तत्काल जानकारी गराउन पनि कम्पनीले अनुरोध गरेको छ।
ग्राहकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले यस्ता साइबर ठगीका प्रयासबाट सुरक्षित रहन सम्पूर्ण सेवाग्राहीलाई सचेत रहन अपिल गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - २१:३२
काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...
जेष्ठ ३१ गते, २०८३ - २१:२९
काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...
जेष्ठ ३१ गते, २०८३ - २१:२१
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...
जेष्ठ ३१ गते, २०८३ - २१:१७
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...
जेष्ठ ३१ गते, २०८३ - २१:१७
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...
जेष्ठ ३१ गते, २०८३ - २१:०४
काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...
जेष्ठ ३१ गते, २०८३ - २१:०१
काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...
जेष्ठ ३१ गते, २०८३ - २०:५१
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...
जेष्ठ ३१ गते, २०८३ - २०:३५
नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...
जेष्ठ ३१ गते, २०८३ - २०:३३
कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...



प्रतिकृया लेख्नुहोस्: