काठमाडाैं । दुग्ध विकास संस्थानको अत्तरियास्थित आयोजना कार्यालयमा एक महिनादेखि तालाबन्दी छ ।
आयोजना कार्यालय धनगढी सार्न लागिएको भन्दै विरोधमा स्थानीयले गत ८ जेठमा कार्यालयमा ताला लगाएका हुन् । तालाबन्दीका कारण आर्थिक र प्रशासनिक कामहरू प्रभावित भएका छन् । डिडिसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईले एक महिनायता किसानलाई दुधको भुक्तानी दिन नसकेको बताए ।
आर्थिक कारोबार ठप्प रहेको र प्रशासनिक कामहरू बन्द हुँदा उत्पादनमा समेत असर पर्ने अवस्था आउन थालेको उनले बताए । ‘भुक्तानी रोकिएकाले किसानले दिनकै फोन गरिरहेका हुन्छन्, दुग्ध संकलन केन्द्रबाट पनि भुक्तानी दिनुपर्याे भनेर दबाब आइरहेको छ,’ उनले भने, ‘किसानलाई यसबिचमा सवा करोडभन्दा बढी रकम भुक्तानी भइसक्नुपर्ने थियो, तर लेखा शाखामा तालाबन्दी भएकाले भुक्तानी गर्न सकेका छैनौँ ।’
संस्थाले अत्तरियाको आयोजना कार्यालय धनगढी सार्ने तयारी गरेपछि त्यसको विरोधमा अत्तरियाका स्थानीय आन्दोलनमा उत्रिएका थिए । उनीहरूले संस्थानको अत्तरियास्थित कार्यालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गर्नुका साथै कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा समेत केही दिन रोक लगाएका थिए ।
अहिले कार्यालयमा तालाबन्दी भएकाले कर्मचारीहरू कारखानामा बस्ने गरेका छन् । कारखाना भने सञ्चालनमै छ । दुध संकलन तथा दुध र दुग्धजन्य पदार्थको बिक्री–वितरण भने रोकिएको छैन । अत्तरियास्थित कृषि हाटबजारभित्र रहेको कार्यालय र कारखानाका लागि ठाउँ साँघुरो हुन थालेको भन्दै डिडिसीले धनगढी उपमहानगरपालिका– १५ कनरीमा कारखानासहित कार्यालय सार्ने तयारी गरेको थियो । त्यसका लागि संस्थान र उपमहानगरबिच भवनसहित करिब डेढ विघा जग्गा २५ वर्षका लागि लिजको सम्झौता भएको छ ।
धनगढी सार्नुअघि अत्तरियाआसपासमा लामो समयसम्म जग्गाको खोजी गर्दा पनि नपाएपछि केन्द्रले नै धनगढी सार्ने निर्णय गरेको कार्यालय प्रमुख भट्टराईले बताए । स्थानीय बासिन्दा संघर्ष समिति नै गठन गरेर विरोध उत्रिएकाले अत्तरियाबाट संस्थान धनगढी सार्ने काम अहिले रोकिएको छ । दुग्ध संकलन र स्थानीय रोजगारीमा असर पर्ने भएकाले संस्थान सार्न नहुने माग आफूहरूले गरेको स्थानीय लोकराज पाण्डेले बताए । संघर्ष समिति संयोजकसमेत रहेका उनले संस्थान नसार्ने प्रतिबद्धता आए तालाबन्दी खोलिदिने बताए ।
अत्तरियामा रहेको संस्थानले यो क्षेत्रका किसानबाट दुध खरिद गरेको करिब सात करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमध्ये अहिले दिन सक्ने एक करोड रुपैयाँ तालाबन्दीका कारण रोकिएको छ । कैलाली, कञ्चनपुर र डडेल्धुराको आलिताल क्षेत्रबाट सुक्खायाममा दैनिक करिब साढे तीनदेखि चार हजार लिटर र अन्य समय दैनिक करिब सात हजार लिटर दुध संकलन गर्दै आएको छ । अहिले यहाँ दैनिक करिब तीन हजार तीन सय लिटर दुध खपत भइरहेको भट्टराईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: