माेरङ । आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले चार अर्ब ४० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
मंगलबार १६औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कुल चार अर्ब ४० करोड रुपैयाँबराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासमा एक अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख रुपैयाँ प्रस्ताव गरेको छ । सामाजिक विकासतर्फ एक अर्ब ८९ लाख ३० हजार, शैक्षिक विकास कार्यक्रममा ७५ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख, आर्थिक विकासतर्फ २ करोड ९६ लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ५० लाख, विपत् व्यवस्थापनमा एक करोड २० लाख र वातावरण तथा जैविक विविधता संरक्षणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा एक अर्ब ४० करोड आन्तरिक आय हुने महानगरको लक्ष्य छ । चालू आर्थिक वर्षको बजेटमा आन्तरिक आम्दानीतर्फ एक अर्ब १० करोड ७९ लाख प्रस्ताव गरिएकोमा जेठ मसान्तसम्म ४३ करोड ८५ लाख ४३ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
महानगरले चालू आर्थिक वर्ष ०८१/८२ मा कुल तीन अर्ब ५० करोड ३० लाख ८६ हजार रुपैयाँको बजेट पारित गरेको थियो । चालू बजेटमा जेठ मसान्तसम्म महानगरले कुल दुई अर्ब २६ करोड ३५ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । कुल बजेटको ५० प्रतिशत अर्थात् एक अर्ब ७३ करोड ८३ लाख ९३ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: