Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

चीनद्वारा दुर्लभ–खनिज तत्व निर्यात इजाजतपत्रको ‘निश्चित सङ्ख्या’ स्वीकृत

खबरडबली संवाददाता

बेइजिङ । चीनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सम्झौताको प्रशंसा गरेपछि दुर्लभ खनिज तत्व निर्यात गर्न ‘निश्चित सङ्ख्या’ इजाजतपत्र जारी गरेको बताएको छ । जसअनुसार चीनले महत्त्वपूर्ण तत्वहरू ‘अग्रिम’ प्रदान गर्नेछ ।

आर्थिक महाशक्तिहरूले लन्डनमा वार्तापछि तिनीहरूले बजारलाई हल्लाउने र विश्वव्यापी आपूर्ति शृङ्खलामा अराजकताको धम्की दिने क्रूर व्यापारिक युद्धलाई कम गर्नमा प्रगति हासिल गरेको बताएका छन् ।

वासिङ्टनका लागि उच्च प्राथमिकताले विद्युतीय सवारी साधन, हार्ड ड्राइभ र राष्ट्रिय रक्षा उपकरणहरू लगायत उत्पादनहरूका लागि आवश्यक दुर्लभ खनिज तत्वहरूको आपूर्ति सुनिश्चित गरेको छ । यी दुर्लभ तत्वहरूको विश्वव्यापी उत्पादनमा प्रभुत्व जमाउने चीनले अप्रिलको सुरुमा निर्यात इजाजतपत्रको आवश्यकता पार्न थाल्यो । यो कदमलाई व्यापक रूपमा ट्रम्पले लगाएको करको प्रतिक्रियाका रूपमा हेरिएको थियो ।

अमेरिकी राष्ट्रपतिले बुधबार सामाजिक सञ्जालमा भने, “सम्झौताको एक हिस्साका रूपमा पूर्ण चुम्बक र कुनै पनि आवश्यक दुर्लभ खनिज तत्वहरू चीनले आपूर्ति गर्नेछ । यो अब सम्पन्न भएको छ ।”

उनी र चिनियाँ समकक्षी सी जिनपिङले उक्त सम्झौतालाई अन्तिम अनुमोदन गर्न बाँकी छ । “एक जिम्मेवार प्रमुख देशका रूपमा चीन दुर्लभ खनिज तत्वसँग सम्बन्धित नागरिक क्षेत्रका सबै देशको वैध आवश्यकताहरू र चिन्ताहरूलाई पूर्ण रूपमा ध्यानमा राख्छ”, बेइजिङको वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङले बिहीबार पत्रकार सम्मेलनमा भने, “यसले कानून र नियमहरू अनुसार दुर्लभ खनिज–सम्बन्धित वस्तुहरूका लागि निर्यात इजाजतपत्र आवेदनहरूको समीक्षा गर्दछ, निश्चित सङ्ख्यामा अनुपालन आवेदनहरू पहिले नै स्वीकृत भइसकेका छन् ।”

तथापि गत महिना स्विट्जरल्यान्डमा दुवै पक्षबीच वार्तापछि बेइजिङले कति इजाजतपत्र अनुमोदन गरेको छ भनेर सोध्दा उनले विशिष्ट सङ्ख्या प्रदान गर्न अस्वीकार गरे ।

“हामी अनुपालन आवेदनहरूका लागि अनुमोदन प्रक्रियालाई सुदृढ बनाउन जारी राख्नेछौँ”, उनले भने । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE