Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

जुम्लामा भेडा पाल्ने किसानलाई गोठालो भत्ता

खबरडबली संवाददाता

जुम्ला । चालु आर्थिक वर्षमा जुम्लामा २ सय ३० जना किसानले गोठालो भत्ता भएका छन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पालेका किसानले प्रत्येक वर्ष भत्ता दिँदै आएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले भेडा पालन व्यवसायमा संलग्न किसानहरूलाई राहत स्वरूप गोठालो भत्ता वितरण गर्ने कार्य गरिरहेको छ । यो वर्ष सबै भन्दा बढी ४० जना गुठीचौर गाउँपालिकाका किसानले गोठालो भत्ता पाएका छन् । यसै गरी, सिँजाका ३७, तातोपानीका ३१, तिलाका २२, चन्दननाथ नगरपालिका १९, कनकासुन्दरीका १३ र हिमा गाउँपालिकाका ५ जना किसानले गोठालो भत्ता पाएको कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले बताए । 

उनले प्रक्रियामा आएका किसानलाई एक मुष्ट १८ हजार रुपियाँ दिइएको बताए । यो भत्ता भेडा पालनमा लागि परेका किसानहरूको प्रोत्साहनका लागि उपलब्ध गराइएको हो । तर, उपलब्ध तथ्याङ्क अनुसार कतिपय भेडापालक किसानहरू भने यो सुविधाबाट वञ्चित हुँदै आएका बताएका छन् ।

प्रक्रिया पुरा गरे पनि नाम नपरेको, आवेदन प्रक्रियाको जानकारी नहुनु वा आवश्यक कागजात अभाव जस्ता कारणहरूले गर्दा केही किसानहरूले गोठालो भत्ता प्राप्त गर्न सकेका छैनन् । स्थानीय स्तरमा यस विषयमा गुनासो बढ्दै गएको छ । प्रभावित किसानहरूले वितरण प्रक्रिया पारदर्शी र समावेशी हुनुपर्ने माग गर्दै आएका छन् । उनीहरूको भनाइ अनुसार, “हामी पनि भेडा पाल्छौँ, सबै प्रक्रिया पूरा गरेका थियौँ, तर भत्ता पाएनौँ ।” पशु सेवा कार्यालयका प्रमुख बुढाथापाका अनुसार, “भत्ता वितरण निश्चित मापदण्ड अनुसार हुने गर्छ । केही किसानहरूको विवरण अधुरो वा ढिला पुगेको हुन सक्छ, जसका कारण उनीहरू सूचीमा पर्न नसकेका हुन् ।” भत्ताबाट लाभान्वित भएका किसानहरूले पशुपालनमा थप उत्साह र स्थायित्व महसुस गरिरहेको बताएका छन् । यो अवस्थाले स्थानीय स्तरमा वितरण प्रणालीको पुनरावलोकन र आवश्यक सुधारको माग उठेको छ । यद्यपि, ग्रामीण तथा दुर्गम बस्तीका किसानहरू भने यो कार्यक्रमबाट वञ्चित भइरहेका छन् ।

सूचना अभाव, कमजोर पहुँच, प्रशासनिक झन्झट तथा आवश्यक कागजात सङ्कलनको कठिनाइका कारण ग्रामीण किसानहरू यो योजनाबाट लाभ लिन नसकेको बताइएको छ । स्थानीय किसानहरू भन्छन्, “हामी भेडा पाल्छौँ, तर गोठालो भत्ता के हो भन्ने नै थाहा छैन ।

जानकारी नै पाएका छैनौँ । यसरी योजनाबाट वास्तविक हकदार किसान छुटिरहनु गोठालो भत्ता कार्यक्रमको प्रभावकारिता र पहुँच माथि प्रश्न उठाउन थालिएको छ । यस समस्यालाई सम्बोधन गर्न सरोकारवाला निकायहरूले सूचना प्रवाहमा सुधार, स्थानमै सेवा विस्तार र समावेशी वितरण प्रक्रिया अपनाउनु आवश्यक देखिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending