हामी 'बाहुन' भनेपछि खस समुदायभित्र पर्ने एउटा जात विशेष बुझ्छौँ, उसरी नै मान्दै आएका पनि हौँ। 'बाहुन' जात नै हो? भनेर कसैले प्रश्न गरेनन् अनि उत्तर पनि आएन। मलाई केही दिनअघिदेखि बाहुन जात नभएर साइनो पो हो कि भन्ने लागिरहेको थियो/ छ। यो एउटा प्राक्कल्पनात्मक शोध समस्या हो।
मैले पढेअनुसार र भेटेका तथ्याङ्कहरूले 'बाहुन' शब्द कुनै समय खसहरूबीचमा पाइने वा सम्बोधन गरिने साइनो थियो कि भन्ने सङ्केत गरेको पाएँ। कालान्तरमा यो शब्द कसरी एउटा समूहलाई बुझाउने शब्द भयो, त्यो अनुसन्धानको विषय हो।
मलाई एक दिन कुराकानीबीच Mijas Som Pandey महोदयले "सर हामी त पहिले 'बाहुन मामा' भनेर पनि सम्बोधन गर्थ्यौँ नि तर हिजोआज त्यो साइनो नै हरायो।" भन्नुभयो। मैले यहाँ 'बाहुन' शब्द पहिलोचोटि साइनोसँग गाँसिएको पाएको हुँ। यसपछि मैले मेरा अग्रज अनि आदरणीयहरूसँग छलफल, विमर्श गरेँ। खोज्दै जाँदा 'बाहुन दाजु' 'बाहुन भाइ'जस्ता साइनो पनि हुँदा रहेछन् भन्ने थाहा पाएँ। कतिले चाहिँ 'बाहुन मामा' सम्बोधन नसुनेको कुरो पनि जनाए।
मेरी फुपूका छोरालाई मैले 'बाहुन दाजु'/ 'बाहुन भाइ' भन्नुपर्ने हुँदो रहेछ। कतिले चाहिँ मामाको छोरालाई भन्नुपर्छ पनि भने। तर यहाँ फुपूका छोरालाई नै बाहुन दाजु भन्नुपर्ने मानौँ। यसरी नै फुपूकी छोरीका छोरा-छोरी (फुपूका नाति-नातिनी)-ले मलाई चाहिँ 'बाहुन मामा' भन्नुपर्ने रहेछ। (यो मैले पाएको तथ्याङ्क हो, म यसमा सय प्रतिशत सही छु भन्न सक्तिनँ।) यसरी बाहुन यहाँ एउटा साइनोका रूपमा सिद्ध हुन्छ।
हामीले विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम, गुरुप्रसाद मैनालीका कथाहरूमा भान्सामा खान बनाउने भान्से (कुक)-लाई पनि 'बाहुन' भनेर सम्बोधन गरेको पाउँछौँ। यहाँ पनि बाहुन सम्बोधनका रूपमा प्रयोग भएको देखिन्छ।
मैले एकपल्ट युट्युबमा एउटा चलचित्र हेरेको थिएँ। चलचित्रको नाम 'उजेली' थियो। यो बालविवाहको पटकथामा बनेको राम्रो चलचित्र छ। यसमा उजेलीले आफ्नो श्रीमान्-लाई 'बाहुन' भनेर सम्बोधन गरेकी छन्, "मेरो बाहुन त पढ्न जान्छन्, मलाईचाहिँ घरको काम गर्नुपर्छ।"
यसरी लोकमा 'बाहुन' शब्द साइनो सम्बोधनका रूपमा रहेको पाइन्छ। यो यस शब्दको ब्लु प्रिन्ट हो। यो शब्द कसरी एउटा समूहलाई बुझाउने शब्द भयो ? त्यो विचारणीय छ।
लिम्बूलाई 'सुब्बा', खम्बूलाई 'राई', सुनुवारलाई 'मुखिया' भनेर चिनिन्छ तर सुब्बा, राई, मुखिया जात नभएर कुनै समयको उपाधि हो तर कालान्तरमा यही उपाधि जातसूचक शब्द बन्यो। 'बाहुन' शब्दको पनि यस्तै इतिहास छ कि?
यो एउटा प्राक्कल्पनात्मक शोध समस्या हो। यसबारे अझ विस्तृत रूपमा विमर्श गरी अनुसन्धान गर्न सकिन्छ। शब्दको इतिहासबारे हामी रुचि राख्दैनौँ तर शब्द हाम्रो उत्पति र विकासको ब्लु प्रिन्ट हो। यसबारे गम्भीर भएर अध्ययन गऱ्यौँ भने नयाँ थोकको आविष्कार हुन सक्छ। Prollas Sindhuliya (प्रोल्लास सिन्धुलीय) काे फेसबुक वालबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: