हामी 'बाहुन' भनेपछि खस समुदायभित्र पर्ने एउटा जात विशेष बुझ्छौँ, उसरी नै मान्दै आएका पनि हौँ। 'बाहुन' जात नै हो? भनेर कसैले प्रश्न गरेनन् अनि उत्तर पनि आएन। मलाई केही दिनअघिदेखि बाहुन जात नभएर साइनो पो हो कि भन्ने लागिरहेको थियो/ छ। यो एउटा प्राक्कल्पनात्मक शोध समस्या हो।
मैले पढेअनुसार र भेटेका तथ्याङ्कहरूले 'बाहुन' शब्द कुनै समय खसहरूबीचमा पाइने वा सम्बोधन गरिने साइनो थियो कि भन्ने सङ्केत गरेको पाएँ। कालान्तरमा यो शब्द कसरी एउटा समूहलाई बुझाउने शब्द भयो, त्यो अनुसन्धानको विषय हो।
मलाई एक दिन कुराकानीबीच Mijas Som Pandey महोदयले "सर हामी त पहिले 'बाहुन मामा' भनेर पनि सम्बोधन गर्थ्यौँ नि तर हिजोआज त्यो साइनो नै हरायो।" भन्नुभयो। मैले यहाँ 'बाहुन' शब्द पहिलोचोटि साइनोसँग गाँसिएको पाएको हुँ। यसपछि मैले मेरा अग्रज अनि आदरणीयहरूसँग छलफल, विमर्श गरेँ। खोज्दै जाँदा 'बाहुन दाजु' 'बाहुन भाइ'जस्ता साइनो पनि हुँदा रहेछन् भन्ने थाहा पाएँ। कतिले चाहिँ 'बाहुन मामा' सम्बोधन नसुनेको कुरो पनि जनाए।
मेरी फुपूका छोरालाई मैले 'बाहुन दाजु'/ 'बाहुन भाइ' भन्नुपर्ने हुँदो रहेछ। कतिले चाहिँ मामाको छोरालाई भन्नुपर्छ पनि भने। तर यहाँ फुपूका छोरालाई नै बाहुन दाजु भन्नुपर्ने मानौँ। यसरी नै फुपूकी छोरीका छोरा-छोरी (फुपूका नाति-नातिनी)-ले मलाई चाहिँ 'बाहुन मामा' भन्नुपर्ने रहेछ। (यो मैले पाएको तथ्याङ्क हो, म यसमा सय प्रतिशत सही छु भन्न सक्तिनँ।) यसरी बाहुन यहाँ एउटा साइनोका रूपमा सिद्ध हुन्छ।
हामीले विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम, गुरुप्रसाद मैनालीका कथाहरूमा भान्सामा खान बनाउने भान्से (कुक)-लाई पनि 'बाहुन' भनेर सम्बोधन गरेको पाउँछौँ। यहाँ पनि बाहुन सम्बोधनका रूपमा प्रयोग भएको देखिन्छ।
मैले एकपल्ट युट्युबमा एउटा चलचित्र हेरेको थिएँ। चलचित्रको नाम 'उजेली' थियो। यो बालविवाहको पटकथामा बनेको राम्रो चलचित्र छ। यसमा उजेलीले आफ्नो श्रीमान्-लाई 'बाहुन' भनेर सम्बोधन गरेकी छन्, "मेरो बाहुन त पढ्न जान्छन्, मलाईचाहिँ घरको काम गर्नुपर्छ।"
यसरी लोकमा 'बाहुन' शब्द साइनो सम्बोधनका रूपमा रहेको पाइन्छ। यो यस शब्दको ब्लु प्रिन्ट हो। यो शब्द कसरी एउटा समूहलाई बुझाउने शब्द भयो ? त्यो विचारणीय छ।
लिम्बूलाई 'सुब्बा', खम्बूलाई 'राई', सुनुवारलाई 'मुखिया' भनेर चिनिन्छ तर सुब्बा, राई, मुखिया जात नभएर कुनै समयको उपाधि हो तर कालान्तरमा यही उपाधि जातसूचक शब्द बन्यो। 'बाहुन' शब्दको पनि यस्तै इतिहास छ कि?
यो एउटा प्राक्कल्पनात्मक शोध समस्या हो। यसबारे अझ विस्तृत रूपमा विमर्श गरी अनुसन्धान गर्न सकिन्छ। शब्दको इतिहासबारे हामी रुचि राख्दैनौँ तर शब्द हाम्रो उत्पति र विकासको ब्लु प्रिन्ट हो। यसबारे गम्भीर भएर अध्ययन गऱ्यौँ भने नयाँ थोकको आविष्कार हुन सक्छ। Prollas Sindhuliya (प्रोल्लास सिन्धुलीय) काे फेसबुक वालबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: