Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

वडा कार्यालयमा पुग्नुपर्ने योजनाको चिठ्ठी बिचौलियाको हातमा

खबरडबली संवाददाता

सर्लाही । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिठ्ठी लिन शुक्रबार सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालय पुगे।

तर कार्यालयले वडाध्यक्ष घिसिङलाई चिठ्ठी उपलब्ध गराएन । उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन तयार पारिएको चिठ्ठी पहिले नै बिचौलियाको हातमा परिसकेको जानकारी कार्यालयले दिएको थियो ।

योजनाको चिठ्ठी बिचौलियाले बुझिसकेको थाहा पाएपछि वडाध्यक्ष घिसिङ कार्यालय प्रमुख तथा इन्जिनियर संजयकुमार यादवलाई भेट्न पुगे। कार्यालय प्रमुख यादवले पनि कुनै व्यक्तिले योजनाको चिठ्ठी बुझिसकेको जानकारी दिएको थिए।

कानुन अनुसार कुनै पनि योजनाको चिठ्ठी वडा कार्यालयमा पठाउनुपर्ने र वडा कार्यालयले उपभोक्ता समिति गठन गरी पुन: पूर्वाधार विकास कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । तर वडा कार्यालयलाई जानकारी नै नदिई बिचौलियाले चिठ्ठी बुझेर उल्टै कमिसन मागिरहेको वडाध्यक्ष घिसिङको गुनासो छ ।

जिल्लाकै विकट क्षेत्र लालबन्दी–१४, नारायणखोलामा सडक निर्माणका लागि २५–२५ लाख रुपियाँका तीन वटा योजना परेको छ । ती योजनाको रकम खर्च गर्न पाए यस वर्ष साविक नारायणखोला गाविसको केन्द्र मटरदोभानसम्म सडक पुग्ने अवस्था रहे पनि सुरुमै बिचौलियाको हातमा चिठ्ठी पर्दा काम गर्न समस्या भएको वडाध्यक्ष घिसिङले बताए।

“सडक नै नभएको ठाउँमा बाटो बनाउन हारगुहार गरेर योजना ल्यायौँ, तर कर्मचारी र बिचौलियाले त्यसैमा आँखा लगाएका छन्,” उनले भने, “कार्यालय प्रमुखले नै तपाईँको वडाको चिठ्ठी गइसक्यो, फलानो व्यक्तिसँग सम्पर्क गर्नु भन्नुभएको छ ।”

नारायणखोलाका वडाध्यक्ष घिसिङको गुनासोपछि जिल्लाका सञ्चारकर्मी शुक्रबार दिउँसो पूर्वाधार विकास कार्यालय मलङ्गवा पुग्दा कार्यालय प्रमुख संजयकुमार यादवको कार्यकक्षमा योजनाको चिठ्ठी बुझ्नेहरूको भिड लागेको देखिएको थियो । त्यहाँ पुगेका सर्वसाधारण र जनप्रतिनिधिको साझा गुनासो पनि बिचौलियाले चिठ्ठी बुझेर लगेको भन्ने थियो ।

कार्यालयमै भेटिएका बलरा नगरपालिका–५ का स्थानीय सत्यप्रकाश यादवले पूर्वाधार विकास कार्यालयको अवस्था अझै नसुध्रिएको बताए। उनले कार्यालयमा अहिले पनि योजनाको खुलेआम खरिद–बिक्री भइरहेको आरोप लगाए।

“नयाँ सरकार बनेपछि अन्य कार्यालयमा केही सुधार देखिए पनि पूर्वाधार विकास कार्यालयको अवस्था उस्तै छ,” यादवले भने, “जनप्रतिनिधि चिठ्ठी लिन धाइरहेका छन्, तर चिठ्ठी अर्कैले बुझेर बाहिर बार्गेनिङ गरिरहेको छ ।”

शुक्रबार मात्र कार्यालयमा हाजिर भएका कार्यालय प्रमुख तथा इन्जिनियर संजयकुमार यादवले यसअघिका कार्यालय प्रमुखले वितरण गरेको चिठ्ठीको ‘ओसी’ (कार्बन प्रतिलिपि) नै फेला नपरेको बताए। उनले निवर्तमान कार्यालय प्रमुख विजयकुमार यादवसँग कागजात माग गर्दा पनि नदिएको बताए।

गौरमा सरुवा भएर गएका निवर्तमान कार्यालय प्रमुख विजयकुमार यादवले भने आफूले कागजात लगेको भन्ने आरोप अस्वीकार गरेको छन् । उनले “सम्बन्धित व्यक्ति नै चिठ्ठी बुझ्न आएपछि कार्यालयले अर्को पत्र बनाएर पनि दिन सक्छ,” भन्दै दर्ता–चलानी रजिस्टरबाट समेत विवरण हेर्न सकिने बताए।

उहाँले आर्थिक वर्षको अन्तिममा मात्र बजेट आउने परिपाटीका कारण पूर्वाधार विकास कार्यालयमा समस्या हुने गरेको स्वीकार गर्नुभयो । अन्तिम समयमा बजेट आउने र तत्काल खर्च गर्नुपर्ने बाध्यताको फाइदा उठाउँदै कर्मचारी र बिचौलियाले योजना बिक्री गर्ने गरेको आरोप लाग्ने गरेको उनको भनाइ छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले घटनाबारे जानकारी भएको बताउँदै पुरानो कार्यालय प्रमुखले कागजात लिएर गएको विषयमा २४ घण्टाभित्र स्पष्ट पार्न निर्देशन दिएको जानकारी दिए।

निवर्तमान मधेश प्रदेशसभा सदस्य अशोककुमार यादवले पूर्वाधार विकास कार्यालयमा हुने बेथितिविरुद्ध आवाज उठाउँदा आफूलाई गत वर्ष हिरासतमा राखिएको गुनासो गरे।

“नयाँ सरकार आएपछि पनि कार्यालय सुधार हुन सकेन, यो दुर्भाग्यपूर्ण हो,” उनले भने, “केही बोल्दा उल्टै विभिन्न आरोप लगाएर फसाउने प्रयास हुन्छ, त्यसैले बोल्नै छाडेको छु ।”

उनले मन्त्रालयदेखि नै योजनाको खरिद–बिक्री हुने परिपाटी अन्त्य गर्नुपर्ने माग गर्दै पूर्वाधार विकास कार्यालयका अधिकांश योजना ‘सेटिङ’ मा बिक्री हुने गरेको आरोप लगाए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...

धुलिखेल रिसोर्टबाट फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...

रुसद्वारा किभमा ठूलो क्षेप्यास्त्र आक्रमण: एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...

पूर्वसूचना दिने साइरनले बाँकेमा मानव–हात्ती द्वन्द्व घटाउँदै

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...

पोहोरभन्दा बढी संख्यामा मान्छे विदेश जाँदा अहिले सबै चुपचाप छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending