लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई सय मेट्रिक टन आलु उत्पादन भएको छ भने झन्डै १ सय ७५ मेट्रिक टन आलु बजारमा बिक्री गरिएको छ ।
राईनास नगरपालिका र मध्यनेपाल नगरपालिकाका कृषक समूहहरूले दुई सयभन्दा बढी रोपनी क्षेत्रफलमा हिउँदे आलु खेती गरेका थिए । खेती सुरु हुनुअघि नै उद्योगसँग खरिद सम्झौता भएपछि किसानहरू ढुक्क भएर उत्पादनमा जुटेका थिए ।
कृषि विकास कार्यालयका अनुसार उत्पादन भएको आलुमध्ये ठूलो परिमाण भैरहवास्थित चिप्स उद्योगले खरिद गरेको छ । राईनास क्षेत्रमा मात्रै करिब २ लाख ५४ हजार किलो आलु उत्पादन भएको थियो, जसमध्ये १ लाख ३८ हजार किलो आलु उद्योगमा बिक्री गरिएको कृषि प्राविधिक अनिल तिवारीले जानकारी दिए ।
प्रदेश सरकारको “समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्धन कार्यक्रम” अन्तर्गत किसानहरूले बीउ, उपकरण, सिँचाइ, ढुवानी र बजार व्यवस्थापनमा अनुदान पाएका थिए । प्राविधिक तालिम, बाली बीमा र विषादीसमेत निःशुल्क उपलब्ध गराइएको थियो ।
कृषकहरूका अनुसार उत्पादनपछि बजार खोज्दै भौतारिनुपर्ने अवस्था हटेपछि व्यावसायिक खेतीप्रति आकर्षण बढेको छ । कृषि कार्यालयले भने यस कार्यक्रमले निर्वाहमुखी खेतीलाई बजारमुखी बनाउने लक्ष्य पूरा गर्न थालेको दाबी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: