Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

नयाँ पुस्ताले ज्येष्ठ नागरिकको अनुभवबाट सिक्नुपर्छ : राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा जोड दिएको छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेको हो ।

“यसका लागि ज्येष्ठ नागरिकले गरेका काम र असल अभ्यासलाई पाठ्यक्रम वा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने व्यवस्था गर्नुपर्छ । साथै शारीरिक रूपमा सक्षम र इच्छुक ज्येष्ठ नागरिकलाई उपयुक्त काममा संलग्न गराई उत्पादनसँग जोड्ने तथा उनीहरूसँग सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक क्रियाकलापमा अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्छ भन्ने म ठान्दछु,” राष्ट्रपति पौडेलले भने।

यसतर्फ दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर अघि बढ्न सरकारलगायत सबैलाई उनले सुझाव दिए।

राष्ट्रपति पौडेलले नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतर्फ उन्मुख भइरहेको उल्लेख गर्नुभयो । “युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै रोजगारी दिन चुनौतीहरू छन् । यस्तो अवस्थामा ज्येष्ठ नागरिकको प्रभावकारी र उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशका अनुभवबाट नेपालले पनि सिक्ने अवसर हुनेछ भन्नेमा म विश्वस्त छु,” उनले भने।

ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर खाना, उचित पोशाक र आवश्यक अवस्थामा स्वास्थ्य उपचार सेवा पाउनु उनीहरूको अधिकार भएको उनको भनाइ थियो । उनीहरूले आफ्नो उमेर समूहका वा अन्य व्यक्तिसँग सहज रूपमा अन्तरक्रिया गर्न पाउनुपर्ने र सकेसम्म परिवारमै बसेर जीवनयापन गर्न पाउनुपर्नेमा उनले जोड दिए।

“सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी तथा पारिवारिक असहिष्णुता लगायतका कारण जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकले दु:ख पाएका समाचारले जोसुकैको मन द्रवित बनाउँछ,” राष्ट्रपति पौडेलले भने।

उनले सम्मेलन ज्ञान र सीपको अन्तर्पुस्ता हस्तान्तरणका साथै पुस्ताबीचको समन्वयको सेतु बन्न सकोस् भन्ने शुभकामनासहित सम्मेलनको सफलताको कामना गरे।

राष्ट्रपति पौडेलले वामपन्थी राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी सरल र सादगी नेता भएको उल्लेख गरे। उनले बीपी कोइरालासँगै मनमोहन अधिकारीलगायत नेताले नेपालको मात्र नभई भारतको स्वतन्त्रता सङ्घर्षमा समेत योगदान दिएको स्मरण गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...

प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...

सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति तथा कार्यक्रममा स्पष्ट देखिँदैन: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...

प्रधानमन्त्री अनुपस्थित हुनु अस्वाभाविक हैन, परम्परागत अभ्यासको निरन्तरतामा क्रमभंगता: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...

कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्न विश्वप्रकाश शर्माको आह्वान

काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending