काठमाडाैं । टोखा नगरपालिकामा खानेपानी आयोजना बनाउँदा धार्मिक वनको रुख काटेर अनधिकृत संरचना बनाएको भन्दै उजुरी परेको छ । वडा नम्बर ६ मा खानेपानी डिप बोरिङ आयोजनाको ट्यांकीलगायत संरचना बनाउँदा विवाद भएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नम्बर ५ भक्तपुरले सो आयोजनाका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्थानीय धार्मिक वनमा उपभोक्ता समितिमार्फत आयोजना बनाउन लागिएको हो । जसक्रममा धार्मिक वनको रुखहरू काटेर अनधिकृत संरचना बनाउन लागिएको भन्दै केही स्थानीयले डिभिजन वन कार्यालय, काठमाडौंलगायत निकायमा उजुरी गरेका छन् ।
वडा नम्बर ६ की उपाध्यक्ष शान्ता खनाल भने आयोजना बनाउँदा रुख नकाटिएकी बताउँछिन् । ‘हामीले रुख काटेका छैनौँ, खाली ठाउँमा ट्यांकी बनाउन लागिएको हो,’ उनले भनिन्, ‘यो क्षेत्रमा खानेपानीको ठुलो समस्या छ, १४ सय परिवारलाई पुग्ने गरी सो खानेपानी आयोजना अघि बढेको हो, उजुरी परेकै आधारमा रोकिन्न ।’ स्थानीयकै हितमा हुन लागेको काम भएकाले यसमा विवाद आवश्यक नभएको उनको भनाइ छ ।
यसअघि डिभिजन वन कार्यालयले सो विवादमा स्थलगत अनुगमन गरेको थियो । जसक्रममा वन उपभोक्ता समितिको कार्यविधिमा यस्तो आयोजना बनाउन दिने प्रावधान नभएपछि संशोधन गरी खानेपानी आयोजना सञ्चालन गर्न पाइने प्रावधान राखिएको थियो । कार्यविधि संशोधनपछि पुनः काम अघि बढेको छ । तर, धार्मिक वन मासेर अनधिकृत निर्माण विषयमा कारबाही नभएको भन्दै फेरि उजुरी परेको छ ।
डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख पुष्पराज बर्ताैला वन मासिएको विषयमा उजुरी परेको र वन समितिले कार्यविधि संशोधन गरी हाल काम अघि बढाएको बताउँछन् । ‘उजुरी आएको छ, तर विवाद समाधान भइसकेको छ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: