Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

चुरे क्षेत्रको क्षयकरण रोक्न जैविक तटबन्ध

खबरडबली संवाददाता

कञ्चनपुर । चुरे क्षेत्रको भूमि क्षयिकरण रोक्नका लागि कञ्चनपुरका विभिन्न नदी, खोलानालामा जैविक र तारजालीका तटबन्ध निर्माण गरिएको छ । जिल्लाको भीमदत्त र बेदकोट नगरका विभिन्न खोला नदीनालाहरूमा जैविकदेखि तारजालीका तटबन्ध निर्माण गरिएका हुन् ।

स्थानीय सरकार, समुदाय र चुरे संरक्षण सञ्जाल नेपालको संयुक्त लगानीमा तटबन्ध निर्माण गरिएको जनाएको छ । चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापक करन भट्टले जोखिमयुक्त नदीखोला नालाहरूमा तटबन्ध निर्माण गरिएको बताए । उनका अनुसार बेदकोट नगरपालिका–१ रडाहको राधा नदी, बेदकोट–६ मुसेपानीको निकास नाला र भीमदत्त नगरपालिका–७ केराबारी शिवटोल खन्यखोलाको भङ्गालो नालामा तटबन्ध निर्माण गरिएको छ ।

राधा नदीमा ७२ मिटर जैविकसहित ढुङ्गाको तारजाली निर्माण गरिएको छ । निकास नालामा ४२ मिटर र खन्यखोलामा ३१ मिटर तटबन्ध निर्माण गरिएको छ । राधा नदी तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर विष्टले नदीको उत्तरतर्फ निकुञ्ज र दक्षिणतर्फ बस्ती भएकाले तटबन्ध आवश्यक रहेको बताए । ‘हरेक बर्षनी नदीले कटानी गरेपछि हामी जोखिममा पर्दै आएका छौँ,’ उनले भने, ‘तटबन्धले केही कटानी नियन्त्रण हुने अपेक्षा गरेका छौँ ।’

भीमदत्त नगरपालिका–७ केराबारी शिवटोल खन्यखोला तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर कुँवर(बाबाटाइगर)ले तटबन्धले केही उर्वराभूमि संरक्षण हुने बताए । उनले यो न्यून भएकाले सरकारी निकायबाट थप तटबन्धका कार्यक्रम सञ्चालनमा जोड दिएका छन । बेदकोट नगरपालिका–१ का वडाध्यक्ष भण्डारीले संयुक्त साझेदारीमा सञ्चालित तटबन्धका योजनाले केही राहत पुग्ने बताए । ‘हामीसँग ठुलो परिमाणमा बजेट हुँदैन,’ उनले भने, ‘यस्तै संघ संस्थाहरूमार्फत सहयोग गर्दै आएका छौँ ।’ चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले चुरे भएर बग्ने नदीखोला नालाको चुरे तटिय क्षेत्रमा निम्तिने जोखिम न्यूनिकरणका लागि तटबन्धका कार्यक्रम सञ्चालन गरिएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending