मकवानपुर । राष्ट्रिय सभा अध्यक्षका नारायणप्रसाद दाहालले नेपालमा तीन तहको विकासमा दोहोरोपनाले समग्र विकासमा नै समस्या ल्याएको बताएका छन् ।
संघीय संसद सचिवालयको आयोजनामा सोमबार हेटौँडामा भएको राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरुबिचको समन्वय बैठक तथा अन्तरक्रियामा उनले समन्वयको अभावमा विकास निर्माणका काममा दोहोरो र तेहोरोपनाले समग्र विकासमा नै समस्या ल्याएको बताए ।
उनले सङ्घले आवश्यक ऐन कानुन समयमा निर्माण नगर्दा वित्तीय संघीयता कार्यान्वयन चुनौतीपूर्ण भएको भन्दै प्रदेश र स्थानीय सरकारलाई जाने वित्तीय समानीकरण अनुदान कटौतीप्रति राष्ट्रिय सभाको चासो रहेको बताए ।
कतिपय आवश्यक ऐन कानुन बनेका छैनन र बनेका पनि कार्यान्वयन भएका छैनन् अध्यक्ष दाहालले भने, आवश्यक ऐन कानुन संघीयता कार्यान्वयनको १० वर्ष हुँदा पनि नबनेका कारण संघीयताको प्रभावकारी कार्यान्वयनमा समस्या भएको छ । तीनै तहका आ–आफना अधिकार छन् तर किन कार्यान्वयन भएन ? कति अतिक्रमण त भएको छैन उनले प्रश्न गरे ।
उनले राजनीतिक रुपमा उपलब्धि हासिल गरेपनि जनतालाई परिवर्तनको अनुभूति दिलाउन चुकिरहेको भन्दै अहिलेको मूल विषय तीनै तहको सरकारका बिच समन्वय र सहकार्य भएको बताए । राष्ट्रिय सभा सदस्य गंगाकुमारी वेलवासेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संघीयतालाई सबल बनाउन तीनै तहको अधिकारलाई व्यवस्थित गर्नुपर्ने बताए ।
ऋर्का राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले विचारको विविधताको सम्मान गर्नुपर्ने धारणा राख्दै संघीयता सबल हुनुपर्नेमा जोड दिए । राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिीलसनाले प्रदेशको अधिकार स्थापित हुने गरी र प्रदेशलाई काम गर्न सहज हुने गरी कानुन बनाउन संघीय सरकारलाई सुझाव दिने बताए ।
बागमती प्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकको अध्यक्षतामाभएको सो कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभाका सदस्यहरु गोविन्द लम्साल, रत्न ढकाल, सुना परियार, युवराज दुलाल, सरल सहयात्री पौडेल, मसिना खड्का भण्डारी, कुमारी मोक्तानलगायतले संघीयता पक्षधरबाटै नै संघीयताको मर्म र भावना अनुसारको काम नगरेको, प्रदेशको अधिकार नदिएको, संरचना बनाउने तर अधिकार र स्वायत्तता नदिनेलगायतका कार्य भएको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: