Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

घटनाक्रमले वर्तमान सरकार धेरै दिन टिक्दैन : प्रचण्ड

खबरडबली संवाददाता

नवलपुर । पछिल्लाे समय विकसित घटनाक्रमले वर्तमान सरकार धेरै दिन नटिक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे दाबी रहेकाे छ । मंगलबार नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘मैले चितवनमा बोल्दा कुनै दल वा दलका नेताहरूसँग छलफल गरेर बोलेको त होइन, तर घटनाक्रमले यस्तै देखाएको छ । मलाई लाग्छ मैले बोलेको सत्य हुँदै गएको छ ।’ शिक्षक, स्वास्थ्यकर्मी, मिटरब्याजपीडित, सहकारीपीडितहरूसहित अधिकांश दलहरू सडक आन्दोलनमा रहेका कारण यो सरकार धेरै दिन नटिक्ने प्रचण्डको जिकिर छ । 

उनले सरकारमा रहेका दलका नेताहरूले नै सरकारले गरेको काममा असन्तुष्टि पोखेको बताए । उनले यो सरकार जति दिन टिक्छ उति नै देशका लागि दुर्भाग्य हुने टिप्पणी गरे । प्रचण्डले शिक्षकहरूको आन्दोलनबारे नकारात्मक अभिव्यक्ति दिएर प्रधानमन्त्री केपी ओलीले आगोमा घिउ थप्ने काम गरेकोसमेत आरोप बताए । आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरेको सम्झौताअनुसार यो सरकारले शिक्षकको जायज मागहरू पूरा गर्नुपर्नेमा उनको जोड थियो । 

प्रचण्डले भने, ‘सम्भव हुने मागहरू क्याबिनेटको बैठक बसेर पूरा गर्नुपर्छ अनि बाँकी माग संसद्को बैठक बोलाएर विद्यालय शिक्षा ऐन जारी गरेर पूरा गर्नुपर्छ ।’ माओवादी केन्द्रले नवलपुरबाट पुनः सुरु गरेको मधेश जागरण अभियानअन्तर्गत आज जागरण अभियानमा सहभागी माओवादीका नेताहरू गैँडाकोट हुँदै कावासोती आइपुगेका छन् । 

सो क्रममा अध्यक्ष प्रचण्डसहितको टोेलीहरूले गैँडाकोटको लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा समेत माल्यार्पण गरेका थिए । आज नै उनले रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा अवलोकन र कावासोतीमा बेपत्ता तथा सहिद परिवारसँग भेटघाट गरेका थिए । टोली आज पश्चिम नवलपरासीको बर्दघाट पुग्ने कार्यक्रम छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending