काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुंगा–लेखनवाडा–दुर्सी–फागोटी सडक निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सो योजनाअन्तर्गत सडक निर्माण उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई काम सम्पन्न भएको देखाइएको थियो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा ग्याविन जालीसहित १,२०० घनमिटर ढुंगा भरिएको उल्लेख गरी गाउँपालिकाले उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरेको थियो। तर अख्तियारको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्दा ९३९.५० घनमिटर मात्र काम भएको भेटिएको छ।
अनुसन्धानबाट वास्तविक कामभन्दा २६०.५० घनमिटर बढी देखाई झुट्टा बिल तथा भरपाई तयार गरी आठ लाख आठ हजार ६८० रुपैयाँ बढी भुक्तानी लिने–दिने कार्य भएको आयोगको निष्कर्ष छ।
यस प्रकरणमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, तत्कालीन लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, तत्कालीन सब–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह, वडा नं. ९ का तत्कालीन अध्यक्ष टक्कबहादुर बम, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम, सचिव कमलबहादुर बम तथा तत्कालीन उपाध्यक्ष दाना न्यौपानेलाई प्रतिवादी बनाइएको छ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
उल्लेखित आरोपहरू अख्तियारको अनुसन्धान र अदालतमा दायर अभियोगमा आधारित हुन्। अन्तिम फैसला नआएसम्म सम्बन्धित व्यक्तिहरू कानुनी रूपमा दोषी ठहरिएका मानिँदैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: