काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर्नु वैचारिक रूपमा पश्चगमन हुने बताएका छन्।
बुधबार बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नै कांग्रेसको मूल वैचारिक आधार भएको बताए।
उनले कांग्रेसले सधैं बीपीको विचार र दर्शनलाई सम्मान गर्दै आएको उल्लेख गर्दै त्यसप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने धारणा व्यक्त गरे।
निधिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चितवन महाधिवेशनपछि ‘सामाजिक लोकतन्त्र’को अवधारणाबारे बहस सुरु भएको र त्यसलाई कांग्रेससँग जोडेर व्याख्या गरिन थालेको भन्दै असन्तुष्टि जनाए।
उनले भने, “बीपी स्मृति दिवसका अवसरमा म भन्न चाहन्छु, यदि कांग्रेसले सामाजिक लोकतन्त्रको एजेन्डा ग्रहण गरेको हो भने त्यो अग्रगमन होइन, पश्चगमन हो।”
उनले कांग्रेसले प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता छाडेर सामाजिक लोकतन्त्रलाई अपनाउनु गर्वको विषय नभई वैचारिक प्रतिगमन हुने दाबी गरे।
निधिले यस विषयमा पार्टीभित्र खुला वैचारिक बहस हुनुपर्ने आवश्यकता पनि औँल्याए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: