Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

मन्त्रालयबाटै निर्णय गर्न सकिने फाइल एक दिनमै टुंग्याउन र पाँच दिनभित्र निर्णय गर्न सञ्चारमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्दै प्रशासनिक सुधारसहित चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

सञ्चार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा मन्त्री तिमिल्सिनाले मन्त्रालयबाटै निर्णय गर्न सकिने फाइल एक दिनभित्र टुंग्याउन र अन्तरनिकाय समन्वय आवश्यक पर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्‍याउने व्यवस्था लागू गर्न निर्देशन दिएका हुन्।

उनले दैनिक कार्यसम्पादन समीक्षा, नियमित अनुगमन र कार्यसम्पादन सम्झौताका आधारमा मूल्यांकन प्रणाली प्रभावकारी बनाउनुपर्ने बताए। राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरबाही गर्नेलाई कारबाही गर्ने प्रणाली संस्थागत गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउन तथा कानुन निर्माण र बजेट कार्यान्वयनलाई प्रतिफलसँग जोड्नुपर्नेमा जोड दिए।

सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूची कार्यान्वयनमा मन्त्रालयले प्रगति गरेको उल्लेख गर्दै उनले त्यसलाई निरन्तर सुधार र परिणाममुखी बनाउँदै लैजानुपर्ने बताए।

उनले कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुन निर्देशन दिँदै समस्या देखिए समयमै नेतृत्वलाई जानकारी गराउन आग्रह गरे। प्रत्येक शाखाले दैनिक कार्ययोजना बनाउने र साँझ समीक्षा गर्ने अभ्यास सुरु गर्न तथा दैनिक, साप्ताहिक, पाक्षिक र मासिक समीक्षा प्रणाली प्रभावकारी बनाउनसमेत निर्देशन दिए।

मन्त्री तिमिल्सिनाले फाइल व्यवस्थापन प्रणाली सुधार गर्दै फाइल कहाँ पुगेको छ र किन रोकिएको छ भन्ने जानकारी दिने प्रणाली विकास गर्नुपर्ने बताए।

कानुनविपरीत काम गर्न दबाब आएमा आफूलाई जानकारी गराउन आग्रह गर्दै उनले मन्त्रालयमा स्थापना गरिएको ‘फ्रन्ट डेस्क’लाई प्रभावकारी बनाउन र सम्भव भएका सबै सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन निर्देशन दिए।

कानुन निर्माणलाई चालु आर्थिक वर्षको प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले अर्थ र कानुन मन्त्रालयबाट सैद्धान्तिक स्वीकृति लिएर आमसञ्चार विधेयक अघि बढिसकेको जानकारी दिए। मिडिया काउन्सिल विधेयकको छलफल तत्काल सुरु गर्न र चालु आवभित्र छ वटा विधेयक संघीय संसद्मा पेस गर्ने लक्ष्य पूरा गर्न पनि उनले निर्देशन दिए।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गत आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै चालु आवमा बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सूचना तथा प्रसारण विभाग र मुद्रण विभागको संगठन तथा व्यवस्थापन (ओएनएम) कार्य सम्पन्न भइसकेको तथा अन्य निकायमा पनि प्रक्रिया अघि बढाइने उनले जानकारी दिइन्।

बैठकमा मन्त्रालयका सहसचिवहरूले सुशासन, प्रभावकारी सेवा प्रवाह, फाइल व्यवस्थापन, कार्यसम्पादन सम्झौता र प्रशासनिक सुधारका विषयमा धारणा राखेका थिए। मन्त्रालय र मातहतका निकायमा प्रत्येक फाइलको अवस्थाबारे जानकारी दिने ‘रिपोर्ट कार्ड’ प्रणाली लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना, बजेट कार्यान्वयन, कानुन निर्माण, सेवा प्रवाह र मातहतका निकायको प्रभावकारिता अभिवृद्धिका विषयमा छलफल भएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै परिवारलाई स्वकीय राख्न एमाले सांसदलाई रोक, शैक्षिक योग्यता पनि अनिवार्य

काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...

सरकारको निष्ठा र नियतमाथि शंका छैन, तर काम गर्ने ढंग अपेक्षाअनुसार भएन: मनिष झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...

ग्यास कालोबजारी गरे जफत

मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...

उम्मेदवार छनोटमा आर्थिक चलखेल गरे रास्वपाबाट तत्काल निष्कासन हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...

मोबाइल सेवामा सुधार गर्न प्राधिकरणको कडाइ, सेवा प्रदायकलाई आठबुँदे निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...

सर्वोच्चद्वारा मिलन गुरुङ दम्पतीलाई अन्तिम सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...

मुदण्डाको घरमा छापा प्रकरण : सूचनाको भेरिफाइमै कमजोरी भएको प्रहरी मुख्यालयको स्वीकार

काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...

भदौदेखि शैक्षिक र पेसागत मागसहित आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...

सीमा अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...

आर्थिक सुस्तता हटाउन निजी क्षेत्रसँग सरकारको छलफल, लगानी विस्तारमा जोड

काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending