काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्ने आफु कन्भिन्स रहेको कुरा देउवाले संकेत गरेका छन् ।
आज बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाही प्रति सन्तुष्ट हुन नसकेको र जसका कारण कांग्रेसलाई समेत अप्ठयारोमा परिरहेको बताएका थिए ।
कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफोमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटाे प्रतिक्रिया दिदैँ भने ।
हिजो कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको काम कारबाही प्रति असन्तुष्टी जनाउँदै ‘बिडँ तातेर मात्रै हुन्न, ताप्के नै तात्नु पर्ने रहेछ’ भनेर ओली सरकारको काम कारबाही प्रति असन्तुष्टी जनाएका छन् । त्यसैगरी, उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा गलत सूचनाको आधारमा बोलेको भन्दै सच्चाउने कार्य गरेका छन् ।
‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु, उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूत चाँही उहाँकाे निवासमा भेट्न जाँदा भएको कुरा हो, अलिकति भ्रम भएछ, मैले बुझिनछु,’ उनले भने ।
यता देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताए । “सहकारी संस्थाका रूपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ”, उनले भने । उनले देशको स्वास्थ्य क्षेत्रको विकासमा बिपी स्मृति अस्पतालले गरेका कामको सराहना गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: