सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।
सिमकोट गाउँपालिका–५ खाद्यकको चौपाडीबाट प्रचार अभियान सुरु गरिएको एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटी संयोजक दल रावलले जानकारी दिए। निर्वाचन परिचालन कमिटीको निर्णयअनुसार आजबाट औपचारिक रूपमा अभियान थालेको एमाले प्रचार–प्रसार उपसमितिका संयोजक तीर्थराज बोहराले बताए।
चौपाडीमा आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार दल फडेरा, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटी र निर्वाचन परिचालन कमिटी संयोजक दल रावलले सम्बोधन गरेका थिए। उनीहरूले यो निर्वाचन ‘देश बनाउने र देश जलाउनेबीचको लडाइँ’ भएको उल्लेख गर्दै मतदातालाई एमालेको पक्षमा उभिन आह्वान गरे।
कोणसभा पछि उम्मेदवारसहित एमाले हुम्लाका नेता तथा कार्यकर्ताले सिमकोट तल्लो गाउँ, माथिल्लो बजारका स्थानीय र व्यापारीसँग भेटघाट गर्दै घरदैलो कार्यक्रमसमेत गरेका थिए।
एमाले हुम्लाका अनुसार हिमपात जारी रहेकै अवस्थामा सबै वडा कमिटीले बैठक आयोजना गरी वडा स्तरीय निर्वाचन कार्यालय स्थापना गर्ने र प्रचार अभियानको कार्ययोजना बनाउने काम भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - २०:५८
काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...
माघ १५ गते, २०८२ - २०:५६
काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...
माघ १५ गते, २०८२ - २०:१२
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...
माघ १५ गते, २०८२ - २०:०७
सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...
माघ १५ गते, २०८२ - २०:०३
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...
माघ १५ गते, २०८२ - २०:००
काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...




प्रतिकृया लेख्नुहोस्: