Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

भदौ २३–२४ का घटनामा ओलीको प्रष्टीकरणः ‘गोली चलाउने आदेश मैले दिएको होइन’

खबरडबली संवाददाता

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउने आदेश दिने अधिकार संविधानले नदिएको र आफूले यस्तो आदेश कहिल्यै नदिएको उनले स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले आफूविरुद्ध फैलाइँदै आएको आरोप निराधार भएको दाबी गरेका छन्। ‘संविधानले प्रधानमन्त्रीलाई गोली चलाउने आदेश दिने अधिकार दिँदैन, र मैले यस्तो आदेश न दिएको हुँ, न सोच्न सक्छु,’ उनले लेखेका छन्।

घटनापछि तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गर्दै ओलीले ज्यान गुमाएका १९ जना नानी–बाबुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘त्यो पीडा आज पनि मसँगै छ,’ उनले उल्लेख गरेका छन्।

ओलीका अनुसार माइतीघरबाट सुरु भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर निषेधित क्षेत्रतर्फ लैजान खोजेका थिए। संसद भवनअघि आगजनी र विस्फोटक पदार्थ प्रयोग भएपछि अवस्था ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको हमला’ बनेको उनको दाबी छ।

‘सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुनअनुसार बल प्रयोग भयो,’ ओलीले लेखेका छन्। सुरक्षाकर्मीले सरकारको आदेशमा होइन, कानुनको शपथअनुसार काम गरेको उनको भनाइ छ।

ओलीले आफू कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइने गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह गरेका छन्। अन्त्यमा उनले प्रश्न गरेका छन्— ‘शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो संवेदनशील क्षेत्रमा कसले, किन र कसरी पुर्‍यायो ?’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री हुँदा भएका घटनाकाे जिम्मेवारी लिने कि पन्छिने ? भदौ २३–२४ को घटनामा ओलीको बचाउ

काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...

भदौ २३–२४ का घटनामा ओलीको प्रष्टीकरणः ‘गोली चलाउने आदेश मैले दिएको होइन’

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...

स्पष्टीकरणमा अटेर : महेश बस्नेतदेखि बालेनसम्म आयोगलाई अझै छैन जवाफ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...

हिमपातकै बीच एमाले हुम्लाको चुनावी प्रचार सुरु

सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...

पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै, भोलिदेखि देशभर मौसम खुल्ने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...

चुनावी आचारसंहिता उल्लंघन आरोपमा सीके राउतदेखि खगेन्द्र सुनारसम्मलाई आयोगको स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...

अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...

चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, २५ मोबाइल बरामद

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...

सुक्खा हिउँद, डढेलो र बाली संकटको संकेत

काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...

भोटबैंक बनेका शुक्लाफाँटा पीडित : लालपुर्जा कहिले पाउँछन् नागरिकता झैँ नागरिक अधिकार ?

कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending