जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घर गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं विस्थापित भएको जनाइएको छ ।
मङ्गलबार साँझ ७:३० बजेसम्म, ३४ जना पीडितको पहिचान गरिएको राष्ट्रिय प्रकोप शमन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पुष्टि गरेको छन्। “पहिचान गरिएका शव दाहसंस्कारका लागि पीडितका परिवारलाई छिटै हस्तान्तरण गरिने उनले बताएको छन् ।
यस अघि बेपत्ता व्यक्तिको सङ्ख्या ३२ पुगेको जनाइएकोमा संशोधन गरिएको जनाउदै स्थानीय अधिकारीले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने सङ्केत गरेका छन् । उद्धारकर्ताले जाभा टापुको पश्चिम बान्दुङ क्षेत्रको अस्थिर क्षेत्रमा भारी उपकरण प्रयोग गरेर खोजी गरिरहेको जनाइएको छ ।
यद्देपी खराब मौसमका कारण अर्को पहिरोको डरले तिनीहरू सावधानीपूर्वक काम गरिरहेको जनाइएको छ । स्थानीय अधिकारीका अनुसार यस प्रकोपले ५० भन्दा बढी घरलाई गम्भीर क्षति पुर्याएको छ भने ६५० भन्दा बढी मानिस विस्थापित भएका छन् । पश्चिम जाभाका गभर्नर डेडी मुल्यादीले प्रभावित बासिन्दालाई स्थानान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छन् ।
गत वर्षको अन्त्यमा सुमात्रा टापुमा गएको बाढी र पहिरोमा वनको क्षति हुँदा करिब एक हजार २०० मानिसको मृत्यु हुनुका साथै दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएको सरकारले जनाएको छ । यस्ता प्रकोप वर्षाको मौसममा विशाल इन्डोनेसियाली द्वीप समूहमा सामान्यतया अक्टोबरदेखि मार्चसम्म बारम्बार चलिरहने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १२:४५
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...
जेष्ठ २८ गते, २०८३ - १२:२०
काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...
जेष्ठ २८ गते, २०८३ - १२:०५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार राजस्व दाखिला भएको छ ...
जेष्ठ २८ गते, २०८३ - ११:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...
जेष्ठ २८ गते, २०८३ - ११:३२
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...
जेष्ठ २८ गते, २०८३ - ११:२५
काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...
जेष्ठ २८ गते, २०८३ - ११:१५
कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...
जेष्ठ २८ गते, २०८३ - ११:०९
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...
जेष्ठ २८ गते, २०८३ - १०:५८
गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...
जेष्ठ २८ गते, २०८३ - १०:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...



प्रतिकृया लेख्नुहोस्: