काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण बदली रहेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। पश्चिमी न्यूनचापीय प्रणालीकै प्रभावले गएरातिदेखि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने आज बिहानबाट बाग्मती प्रदेशमा हल्का वर्षा सुरु भएको छ।
वर्षा विवरणअनुसार सुर्खेतको खानी खोला स्टेशनमा सबैभन्दा बढी ४२.६ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसैगरी रुकुम पूर्वको शेरगाउँमा ३७.८ मिलिमिटर र डडेलधुरामा २९ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
मौसमविद् महर्जनका अनुसार अबको केही घण्टासम्म पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा, मधेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा कोशीको तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
यो अवस्था आज साँझसम्म कायम रहने र त्यसपछि मौसममा क्रमिक सुधार आउँदै भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने उनले जानकारी दिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - २०:५८
काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...
माघ १५ गते, २०८२ - २०:५६
काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...
माघ १५ गते, २०८२ - २०:१२
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...
माघ १५ गते, २०८२ - २०:०७
सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...
माघ १५ गते, २०८२ - २०:०३
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...
माघ १५ गते, २०८२ - २०:००
काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...




प्रतिकृया लेख्नुहोस्: