बाँके । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा आन्दोलनरत आंशिक प्राध्यापकहरूले क्याम्पस प्रमुख लालमणी आचार्यको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका छन् ।
क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूलाई त्रिभुवन विश्व विद्यालयको परिपत्र अनुसार व्यवस्थापन गर्नुपर्ने मागसहित आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २९ देखि त्रिविको परीक्षामा असहयोग, भण्डाफोर र जेठ २ देखि कक्षा स्थगनसम्मका कार्यक्रम राखिएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज आंशिक प्राध्यापक सङ्घका संयोजक ध्रुव थापाले जानकारी दिए ।
संयोजक थापाले भने, ‘त्रिविबाट स्पष्ट परिपत्र आए पनि क्याम्पस प्रशासन आंशिक प्राध्यापकहरूको व्यवस्थापनमा उदासिन भए पनि आन्दोलनमा उत्रिन बाध्य भएका छौं ।’ आंशिक प्राध्यापकहरूको आन्दोलनपछि त्रिविले २०७८ फागुन २० गते आंशिक प्राध्यापकहरूको व्यवस्थापनका लागि ४२ वटै आङ्गिक क्याम्पसमा परिपत्र गरेकोमा अझै १५ क्याम्पसमा व्यवस्थापनको समस्या छ ।
नेपालगन्जको मव क्याम्पसमा प्राध्यापक सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा आंशिक प्राध्यापक व्यवस्थापनका सन्दर्भमा कार्यदल गठन भएको थियो । सो कार्यदलले २४ जनासम्मलाई व्यवस्थापन गर्न सकिने प्रतिवेदन क्याम्पस प्रशासनमा बुझाएको छ । त्यसमा विभिन्न दबाबमा परेर ७२ जनासम्मको व्यवस्थापन गर्न सकिने पत्र त्रिवि कार्यकारी परिषदमा पठाइएकोमा अस्वीकृत भएको आंशिक प्राध्यापकहरूले जनाएका छन् । क्याम्पसमा एक सय बढी आंशिक प्राध्यापकहरू कार्यरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: