काठमाडौं । आज असार १५। नेपाली किसानका लागि धान रोपाइँको उत्सव मात्र होइन, दही–चिउरा खाने विशेष दिन पनि हो। सरकारले २३औँ राष्ट्रिय धान दिवस मनाइरहँदा देशभर दही–चिउरा खाने परम्परा पनि निर्वाह भइरहेको छ। तर यस वर्ष पर्याप्त वर्षा, सिँचाइ र मलको अभावका कारण धेरै ठाउँमा किसानले समयमै धान रोप्न सकेका छैनन्।
असार १५ मा दही–चिउरा खाने चलन पुस्तौँदेखि नेपाली समाजमा रहिआएको छ। रोपाइँको कठिन परिश्रमपछि शरीरलाई शीतलता र ऊर्जा दिने विश्वासका साथ किसानले दही–चिउरा खाने परम्परा बसेको संस्कृतिकर्मीहरू बताउँछन्।
पहिले अधिकांश किसानका घरमा गाई–भैँसी हुने भएकाले दही, मोही र घिउको अभाव हुँदैनथ्यो। खेतीपाती गर्ने भएकाले चिउरा पनि घरमै उपलब्ध हुन्थ्यो। रोपाइँपछि धेरै समय लगाएर परिकार पकाउनुपर्ने झन्झट नहुने र पौष्टिक पनि भएकाले दही–चिउराले विशेष महत्व पाएको मानिन्छ।
समयसँगै यो परम्परा किसानमा मात्र सीमित रहेन। अहिले विभिन्न पेशा–व्यवसायमा रहेका नेपालीले पनि असार १५ मा दही–चिउरा खाएर पर्व मनाउने गर्छन्।
नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्यमा निस्कनुअघि सगुनका रूपमा दही खाने, दही–अक्षता लगाउने र यात्रामा निस्कनेलाई दही खुवाएर बिदाइ गर्ने चलन अझै कायम छ।
वैज्ञानिक र आयुर्वेदिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायी मानिन्छ। यसले पाचन शक्ति बढाउने, शरीरलाई चिस्यान दिने र पखालाजस्ता समस्यामा समेत उपयोगी हुने विश्वास छ। आयुर्वेदमा भोजनपछि मोही पिउनुलाई स्वास्थ्यका लागि उत्तम मानिएको उल्लेख पाइन्छ।
यही सांस्कृतिक, पोषण र कृषि परम्पराको संगमका रूपमा असार १५ आज राष्ट्रिय धान दिवससँगै दही–चिउरा खाने पर्वका रूपमा देशभर मनाइँदै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: