Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

खबरडबली संवाददाता

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाजस्ता आधारभूत माग वर्षौंदेखि बेवास्ता भएपछि सिंहदरबारसम्म पुगेर दबाब दिने उनीहरूको चेतावनी छ।

आइतबार बुटवलमा ‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियान’ले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले पटक–पटक आफ्ना माग बेवास्ता गरेको आरोप लगाए। प्रधानमन्त्रीको सचिवालयसँग भेटका लागि पटक–पटक आग्रह गर्दा समेत समय नदिइएको उनीहरूको गुनासो छ।

अभियानका पदाधिकारीहरूले सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन साहले दिएको विवादास्पद अभिव्यक्तिपछि भारतीय पक्ष झन् आक्रामक बनेको दाबी गरेका छन्। त्यसयता सीमामा स्थानीयमाथि दबाब र असुरक्षा बढेको उनीहरूको भनाइ छ।

सुस्ताका ८१ वर्षीय मुन्ना खाँ यसको ज्वलन्त उदाहरण हुन्। नेपाली भूमिमा बसोबास गर्दै आएका उनीसँग जग्गाको लालपुर्जा, सवारी चालक अनुमति पत्रलगायत सबै प्रमाण छन्, तर अहिलेसम्म नेपाली नागरिकता भने पाएका छैनन्। उनका चार छोरामध्ये दुई जनाले नागरिकता पाए पनि अन्य दुई अझै नागरिकताविहीन छन्।

स्थानीयका अनुसार सुस्ता–५ मा मात्रै करिब १२० परिवार अझै नागरिकताविहीन छन्। नागरिकता नहुँदा शिक्षा, स्वास्थ्य, बैंकिङ, रोजगारी तथा अन्य सरकारी सेवाबाट वञ्चित हुनुपरेको अब्दुल गनी, दुखी यादवलगायत स्थानीयको गुनासो छ।

अभियानका अध्यक्ष आदम खाँ (आदम हुसेन)ले सुस्ताको समस्या नागरिकतामा मात्र सीमित नभई सीमा सुरक्षा, भूमि स्वामित्व र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको बताए। उनले जेठ २९ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूभागमा प्रवेश गरी स्थानीयलाई त्रसित बनाएको घटनाको विरोध गर्दै सरकारले कूटनीतिक रूपमा प्रभावकारी पहल गर्नुपर्ने बताए।

उनका अनुसार सीमाजस्तो संवेदनशील विषयमा पर्याप्त अध्ययनबिना सार्वजनिक अभिव्यक्ति दिँदा स्थानीयमा अन्योल र असुरक्षा बढ्ने भएकाले सरकारका उच्च पदाधिकारीले जिम्मेवार बन्नुपर्छ।

युवा संयोजक योगेन्द्र गौतमले नारायणी नदीको कटान रोक्न निर्माण गर्न लागिएको १३२ मिटर लामो ग्याबियन तटबन्धमा भारतीय पक्षले अवरोध गरेको दाबी गरे। भारतीय वन विभागले सीमाक्षेत्रमा तारबार निर्माण अघि बढाइरहेको भए पनि त्यसबारे नेपाल सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको उनको आरोप छ।

सरकारी अभिलेखअनुसार सुस्तामा करिब ४० हजार ९८० हेक्टर नेपाली भूमि रहे पनि स्थानीयले अहिले करिब ७ हजार हेक्टर क्षेत्र मात्रै उपभोग गर्न पाएका छन्। बाँकी भूभाग भारतीय नियन्त्रण तथा विवादको घेरामा परेको अभियानको दाबी छ।

पत्रकार सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सुस्तावासीलाई तत्काल नागरिकता उपलब्ध गराउन, भोगचलनमा रहेको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न, सीमा सुरक्षा मजबुत बनाउन तथा शिक्षा, स्वास्थ्य, सडक र सञ्चारजस्ता आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले विगतमा विभिन्न प्रधानमन्त्री, उपराष्ट्रपति तथा संयुक्त राष्ट्रसंघसम्म आफ्ना माग पुर्‍याए पनि समस्या समाधान नभएको उल्लेख गर्दै अब पनि सरकारले बेवास्ता गरे सिंहदरबार केन्द्रित सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending