नेपालगन्ज । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ ।
असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाए ।
‘वैकल्पिक सिँचाइ वा पानी लाग्ने अवस्था छैन, त्यसैले हामीलाई धेरै गाह्रो छ,’ उनले भने । आफ्नो १० कट्ठामात्रै खेत रहेको उल्लेख गर्दै थारुले परिवार पाल्न करिब डेढ बिघा क्षेत्रफलमा धानखेती गर्दै आएको बताए । यसपटक पर्याप्त वर्षा नभए धानको उत्पादन घट्दा त्यसको प्रत्यक्ष असर उनको परिवारमा पर्ने निश्चित छ ।
बर्सेनि (बटैया) अधिया धानखेती गरेर करिब १० क्विन्टल धान उत्पादन हुने गरेको अनुभव सुनाउँदै थारुले भने, ‘जति सकिन्छ त्यति नै रोप्ने हो तर अहिलेसम्म वर्षा भएको छैन ।’
सिक्टा सिँचाइका सुविधा भएका स्थान र डिपबोरिङमार्फत हुने सिँचाइबाट बाँकेका केही स्थानीय तहमा रोपाइँ गरिएको छ । तर अधिकांश खेतका फाँट धुलाम्मे देखिएका छन् । खासगरी डुडुवा, नरैनापुर र राप्तीसोनारीका दक्षिणी भेगका खेत धुलाम्मे अवस्थामा छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले वर्षा नभएका कारण आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भदौको पहिलो सातासम्म रोपाइँ गर्न मिल्ने बताए । उनले अहिले पनि किसानका ब्याडमा रहेको बीउ ठूलो नभएकाले जिल्लाको उत्तरी भेगमा मात्रै केही मात्रामा रोपाइँ भएको जानकारी दिए ।
‘अब केही दिनमा वर्षा सुरु हुँदैछ, त्यसबेला खेत बनाउन पनि समय लाग्छ, त्यसैले एक सातापछि बाँकेमा रोपाइँ सुरु होला,’ प्रमुख घिमिरेले भने । गत वर्ष जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये तीन हजार ८१८ हेक्टरमा रोपाइँ भएको थियो । रोपाइँ हुने क्षेत्रफल कुल ३४ हजार ७ सय ११ हेक्टर जमिनमध्ये गत वर्ष ११ प्रतिशतमात्रै रोपाइँ भएको थियो । तर अहिले असार १२ गतेसम्म जिल्लाका केही भेगबाहेक अधिकांश क्षेत्रमा रोपाइँ भएको छैन ।
कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार असार १२ गतेसम्म धान रोपाइँ हुने कुल ३३ हजार ७ सय ८० हेक्टर जमिनमध्ये १६८.९ हेक्टरमा रोपाइँ भएको छ । प्रतिशतका आधारमा यस रोपाइँलाई ०.५ प्रतिशतका रूपमा लिन सकिन्छ । ज्ञान केन्द्रका अनुसार कतिपय स्थानमा त किसानले वर्षा नहुँदा धानको ब्याड समेत राख्न पाएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: