उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कल्याणचोकमा विद्युत सट भई आगलागी हुँदा एक करोड २२ लाख बराबरको क्षति भएको छ । मंगलबार दिउँसो चौदण्डीगढी नगरपालिका–७ स्थित कल्याणचोक बस्ने शरणकुमार राईको घरमा विद्युत सर्ट हुँदा आगलागी सुरु भएको हो ।
आगलागीबाट तीन घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने चार घरमा आंशिक क्षति भएको छ । आगलागीबाट एक करोड २२ लाख बारबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर सन्तोष कार्कीका अनुसार स्थानीय ३४ वर्षीय कृतिमान राईको हातमा आगोले पोल्दा घाइते भएका छन् । राईको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।
आगलागिले शरण राईको घर, भाडामा बस्ने संगीता राईको अन्नपात, भाडावर्तन, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजपत्रलगायत सामाग्री जल्दा ३० लाखको क्षति भएको छ । यसैगरी, सर्वधन राईको घर जल्दा अन्नपात, भडावर्तन, लत्ताकपडा, फर्निचर गरी ५० लाखको क्षति भएको छ ।
कालुमान राईको घर जल्दा ३५ लाखको क्षति भएको छ । घरभित्र रहेको अन्नपात, भडावर्तन, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजपत्रलगायत सबै जलेको इन्सपेक्टर कार्कीले जानकारी दिए ।
स्थानीय रविन्द्र राईको तीन तले पक्की घरमा आगोले क्षति पुर्याउँदा दुई लाख बराबरको बराबरको क्षति भएको छ । अम्मरबहादुर राईको पनि तीनतले पक्की घरमा क्षति पुगेको छ । यस्तै, विजय राई र कुमार राईको घरमा पनि क्षति पुगेको छ ।
दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । मंगलबार नै त्रियुगा नगरपालिका–४ फर्सेट जंगलमा र बेलका नगरपालिका–५ स्थित जलदेवी सामुदायिक वनमा समेत आगलागी भएको थियो । त्यहाँ पनि प्रहरी र स्थानीय नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: