Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

आगलागीबाट उदयपुरमा एक करोड २२ लाखको क्षति

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कल्याणचोकमा विद्युत सट भई आगलागी हुँदा एक करोड २२ लाख बराबरको क्षति भएको छ । मंगलबार दिउँसो चौदण्डीगढी नगरपालिका–७ स्थित कल्याणचोक बस्ने शरणकुमार राईको घरमा विद्युत सर्ट हुँदा आगलागी सुरु भएको हो । 

आगलागीबाट तीन घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने चार घरमा आंशिक क्षति भएको छ । आगलागीबाट एक करोड २२ लाख बारबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर सन्तोष कार्कीका अनुसार स्थानीय ३४ वर्षीय कृतिमान राईको हातमा आगोले पोल्दा घाइते भएका छन् । राईको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।

आगलागिले शरण राईको घर, भाडामा बस्ने संगीता राईको अन्नपात, भाडावर्तन, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजपत्रलगायत सामाग्री जल्दा ३० लाखको क्षति भएको छ । यसैगरी, सर्वधन राईको घर जल्दा अन्नपात, भडावर्तन, लत्ताकपडा, फर्निचर गरी ५० लाखको क्षति भएको छ ।

कालुमान राईको घर जल्दा ३५ लाखको क्षति भएको छ । घरभित्र रहेको अन्नपात, भडावर्तन, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजपत्रलगायत सबै जलेको इन्सपेक्टर कार्कीले जानकारी दिए ।

स्थानीय रविन्द्र राईको तीन तले पक्की घरमा आगोले क्षति पुर्याउँदा दुई लाख बराबरको बराबरको क्षति भएको छ । अम्मरबहादुर राईको पनि तीनतले पक्की घरमा क्षति पुगेको छ । यस्तै, विजय राई र कुमार राईको घरमा पनि क्षति पुगेको छ । 

दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । मंगलबार नै त्रियुगा नगरपालिका–४ फर्सेट जंगलमा र बेलका नगरपालिका–५ स्थित जलदेवी सामुदायिक वनमा समेत आगलागी भएको थियो । त्यहाँ पनि प्रहरी र स्थानीय नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending