Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नेपाल प्रहरीकाे ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो ।

आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो । थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन् । उनी विसं २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । 

थापाको जन्म २०२८ मंसिर ८ गते भक्तपुरको सिपाडोलमा भएको हो । उनले कानुनमा स्नातक, राजनीतिकशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । प्रहरी सेवामा प्रवेश गरेपछि सुरुवाती दिनमा उनले बनेपा, बुटवल र गरुडा इलाका प्रहरीको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि उनले नेपाल प्रहरी स्कुल साँगा, डोटी र रौतहटको विद्यालय प्रमुख भएर पनि काम गरे । त्यसपछि उनी काठमाडौं उपत्यकाअन्तर्गत महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रमुखको रूपमा जिम्मेवारी सम्हाले ।

उनले रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रमुख भएर पनि काम गरे। महाराजगन्ज र बुटवल तालिम केन्द्रको जिम्मेवारी सम्हालेका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल प्रमुख पनि बने । त्यसपछि उनी काठमाडौं उपत्यका अपराध कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालयको पनि जिम्मेवारी सम्हालेका थिए ।

शान्ति मिसनअन्तर्गत सुडान र लाइबेरिया गएका उनले विदेश र स्वदेश गरेर २५ तालिममा सहभागी भएका छन् । सरकारले थापालाई प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्री र संयुक्त राष्ट्र संघको ३ वटा गरी विभिन्न ८ वटा पदक तथा विभूषण प्राप्त गरेका छन् । उनलाई प्रहरी कार्य, मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान र व्यवस्थापन तथा विपद् व्यवस्थापन विज्ञको रूपमा पनि चिन्छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending