पाेखरा । अघिल्लो वर्ष सरकार गठन, विश्वासको मत जस्ता प्रक्रियामै लामो समय खर्चिएको गण्डकी प्रदेशसभा यसपालि व्यवस्थित देखिएको छ । प्रदेशसभाले संसद बैठकको सम्भावित कार्यपालिका बनाएर लागू गरेको छ ।
फागुन महिनाबाट कार्यपालिका बनाएर बनाएर कार्यान्वयन गरेको प्रदेशसभाले चैत महिनाको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभाका उपसचिव प्रेम सुवेदी कार्य व्यवस्था परामर्श समितिको बैठकबाट सम्भावित कार्यतालिका बनाएर सार्वजनिक गरिएको बताउँछन् ।
कार्यतालिका अनुसार चैतको १० देखि १८ गतेसम्म आठ दिन बैठक बस्ने तय छ । चैत १६ गते शनिबार भने बैठक हुने छैन । प्रत्येक बैठकको प्रारम्भमा आकस्मिक समय रहने र कार्यतालिकामा समावेश नभएका तर तत्काल छलफल आवश्यक पर्ने विषयवस्तुहरू कार्यसूचीमा थप्न सकिने निर्णयसमेत कार्यव्यवस्था परामर्श समितिले गरेको छ । चैतमा विषयगत समितिका बैठक भने ९ दिन बस्ने तय भएको छ ।
प्रदेश सभाका प्रवक्तासमेत रहेका उपसचिव सुवेदीले विषयगत समितिका बैठकहरु बस्ने दिन सदनको बैठक नहुने गरी समय मिलाइएको सुनाए । “फागुन महिनाको कार्यतालिका लागू भयो । चैत महिनाको सम्भावित कार्यतालिका सार्वजनिक गरेका छौँ,” उनले भने, “कार्यतालिकाले बैठक सञ्चालन र समितिमा बैठकलाई व्यवस्थित बनाउन सघाएको छ ।”
प्रदेशसभामा चैत १० गते ‘जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक’ दफावार छलफल गरी निर्णयार्थ पेस हुनेछ भने ११ गते ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरणसम्बन्धी विधेयक’ र ‘मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक’माथि सैद्धान्तिक छलफल हुने तय छ ।
चैत १२ र १३ गतेका लागि ‘गण्डकी प्रदेश सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार विधेयक’ सम्बन्धी छलफलका लागि समय तय गरिएको छ । चैत १४ गते ‘खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘भवन निर्माण तथा बस्ती विकास विधेयक’माथि छलफल हुनेछ ।
सदनमा चैत १५ गते मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ भने चैत १७ र १८ गते विभिन्न विधेयकलाई सम्बन्धित समितिमा पठाइने तालिका छ । सँगसँगै यी दिनमा शून्य, विशेष समय र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने तालिका छ ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार संसद बैठक सञ्चालन हुँदा बैठक प्रभावकारी हुने र सांसदहरुलाई समय व्यवस्थापन, अध्ययन, तयारी र अरु कार्यक्रम व्यवस्थापन गर्न सजिलो भएको छ । सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक गोविन्दबहादुर नेपाली सम्भावित कार्यतालिका कार्यान्वयनको मूल्याङ्कन गर्ने बेला भइनसकेको भए पनि यसले सहजता ल्याएको बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: