Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

हामी अझै पञ्चायतकालीन ऐनबाट निर्देशित छाैँ: अध्यक्ष दाहाल

खबरडबली संवाददाता

ललितपुर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदको चालु अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताएका छन् । निर्भाणा माध्यमिक विद्यालयको आज यहाँ आयोजित ३९औँ अभिभावक दिवसका अवसरमा अध्यक्ष दाहालले जनताका मौलिक हकअधिकार कार्यान्वयनका लागि ऐन पारित गर्न आवश्यक रहेको चर्चा गर्दै संसद्को चालु अधिवेशनबाटै ऐनहरू पारित हुने बताएका छन् । 

“हामी अझै पञ्चायतकालीन ऐनबाट निर्देशित हुन परिरहेको छ, ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको कुरा म आफैँलाई अनुभूत भएको छ”, उनले भने, “शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने विद्यालय शिक्षा विधेयक अहिले प्रतिनिधिसभामा छलफलकै क्रममा छ । यो विधेयक दुवै सदनबाट पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।”

अध्यक्ष दाहालले अहिले दुवै सदनमा निजामती विधेयक, प्रहरी समायोजनलगायतका विधेयक छलफलमा रहेको जानकारी गराए । “शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने मात्र होइन, समाजलाई समुन्नत बनाउन पनि उत्तिकै भूमिका खेलेको हुन्छ, शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु हामी सचेत नागरिकको दायित्व हुन्छ”, उनले भने । 

उनले निर्भाणा विद्यालयले ‘संस्कारसहितको व्यावहारिक शिक्षा’लाई मूल उद्देश्य बनाएकामा खुसी व्यक्त गर्दै शिक्षा ज्ञान आर्जन गर्ने प्रक्रिया मात्रै नभई व्यक्तिको चरित्र निर्माण गर्ने मुख्य आधार हो भने । “मेरो बुझाइमा संस्कारसहितको शिक्षा भनेको विद्यार्थीलाई किताबी ज्ञान दिनुमात्र होइन, उनीहरूलाई नैतिकवान्, इमानदार, जिम्मेवार र अनुशासनजस्ता मानवीय गुणहरू पनि सिकाउनु हो, त्यस्तै व्यावहारिक शिक्षा भनेको जीवनोपयोगी सीपहरू समस्यासँग जुध्ने क्षमता, आत्मनिर्भर र समाजसँग सकारात्मकरूपमा अन्तरक्रिया गर्न सक्ने क्षमता विकास गर्नु हो । जब यी दुई पक्षलाई एकसाथ जोडिन्छ, तबमात्र सम्पूर्ण शिक्षा प्रणालीले व्यक्तित्वको समग्र विकास गर्न सक्छ”, उनले भने । 

सबै मिलेर बालबालिकालाई शिक्षित मात्रै होइन, असल र जिम्मेवार नागरिक बनाउने शिक्षा दिन आवश्यक छ भन्नेमा अध्यक्ष दाहालले जोड दिए । “संस्कारसहितको व्यावहारिक शिक्षा विद्यार्थीको व्यक्तिगत सफलताको मार्ग तयार गर्ने विषय मात्रै होइन, सभ्य, नैतिक र समृद्ध समाज निर्माण गर्ने आधार पनि हो, यसतर्फ यहाँहरूको सचेत पहलकदमी र नेतृत्वदायी भूमिका रहने मैले विश्वास लिएको छु”, उनले भने । 

उनले नेपालको शिक्षाको विकासमा संस्थागत विद्यालयको योगदान निकै महत्त्वपूर्ण रहेको बताए । “गुणस्तरीय शिक्षा, अवसरको विविधता, शैक्षिक प्रतिस्पर्धा र सुधार, रोजगारीजस्ता विषयमा संस्थागत विद्यालयले राम्रो योगदान गरिरहेका छन् । गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयले गरेको सकारात्मक प्रतिस्पर्धाले सरकारी विद्यालयलाई पनि विद्यार्थीको नतिजा सुधार गर्न प्रेरित गरेको मैले बुझेको छु”, उनले भने । तथापि नीतिगत सुधार र सबैको समान पहुँच सुनिश्चित गर्नसके संस्थागत विद्यालयहरू नेपालको शैक्षिक विकासमा अझ ठोस भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending