काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान तामाङ रहेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार तामाङविरूद्ध एउटा कर्तव्य ज्यान मुद्दा र अन्य चार वटा चोरी तथा डाँका मुद्दा छन् ।
तामाङविरूद्ध २०७९ माघ १४ गते राति साढे ११ बजे बागलुङ बडिगाड गाउँपालिका-३ सिसाखानी घर भएकी ५८ वर्षीया गोपालकुमारी शेरचनलाई उनले सञ्चालन गर्ने होटलमा हत्या गरी गरगहना र नगद लुटेर रहेको मुद्दा छ ।
गुल्मी मुसिकोट नगरपालिका-७ मा गोपालकुमारी होटल सञ्चालन गरेर बसिरहेका बेला होटलमै गएर हात, खुट्टा मुखमा कार्टुन टेपले बाँधेर हत्या गरेर तामाङ फरार भएको शाहीले बताए ।
सोही साल कात्तिक २७ गते तामाङले धुलिखेल नगरपालिका-९ फस्कोटका विक्रम तामाङकी श्रीमती बेली तामाङलाई लुटेका थिए । भोट माग्न आएको भन्दै उनीलगायत चार जनाले तामाङलाई धारिलो हतियार प्रहार गरी डोरीले बाँधेर गरगहना लुटेको घटना प्रहरीमा छ ।
काभ्रेपलाञ्चोकमै २०८१ साल साउन ३१ गते तामाङसहित चार जनाले पनौती नगरपालिका-५ चौकोटका धर्मगोपाल श्रेष्ठबाट ४० हजार नगद लुटेका थिए । श्रेष्ठले सञ्चालन गर्दै आएको ग्रीन हिल नेवा खाजा तथा खाना घरमा गएर उनीहरूले हतियार देखाएर नगद लुटेका थिए ।
काभ्रेकै बनेपा नगरपालिका-३ टनचोकमा गत माघ ४ गते राति १२ बजे तामाङसहित चार जनाले ३२ वर्षीय लोप्चन लामाको घरमा लुटपाट गरेका थिए । धारिलो हतियार देखाएर उनीहरूले दराजभित्र रहेको मोबाइल, नगद, गरगहना लुटेका थिए ।
काभ्रेकै बनेपा-४ रेडक्रस टोलमा बस्ने ३० वर्षीय सुकान्त बम्जनको घरमा गत माघ १३ गते लुटटपाट भएको थियो । सुनको गहना र नगद लुटेको उक्त घटनामा तामाङसहित चार जना संलग्न थिए । ती घटनाहरूमा तामाङसहित सिन्धुपाल्चोक बाह्रबिसे-२ कर्थलीका वीरबहादुर तामाङ, उदयपुर कटारी-४ का राजुकुमार दनुवार र ओखलढुंगा खिजिफलाटे गाउँपालिका-९ का महेशकुमार खड्का संलग्न थिए ।
उनीहरूमध्ये वीरबहादुर सिन्धुपाल्चोक जिल्ला प्रहरी, दनुवार र खड्कालाई यसअघि नै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । बुद्धिमानलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: