Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

देशको जिम्मा माओवादीकाे काँधमा आएकाे छ: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशदौडाहामा लागिरहेको बताएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र परिवर्तनलाई उल्टाउन षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आफू पुनः सक्रिय भइरहेको बताए । ‘देशको जिम्मेवारी लिने ऐतिहासिक अभिभारा पुनः एकपटक हाम्रो काँधमा आएको छ । देशको जिम्मा फेरि एकपटक माओवादीले लिनुपर्ने भएको छ । संविधान निर्माणको प्रमुख हिस्सेदार तथा शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता हुनुको नाताले देशको जिम्मा लिनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘त्यसैले ७० वर्ष नाघे पनि म देशदौडाहामा छु । पूर्वमेचीदेखि महाकालीसम्म पुगिरहेको छु, उकाली आरोली गरिरहेको छु ।’

उनले माओवादी अब कांग्रेस र एमालेको बैशाखी नबन्ने भन्दै आफ्नै जनताप्रति विश्वास गर्ने र आफ्नै भरमा निर्वाचनबाट सरकारको नेतृत्व गर्ने बताए । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि दुई वटा आरोप पनि लगाएका छन् । २०५८ सालमा भएको दरबार हत्याकाण्डको मास्टरमाण्ड ज्ञानेन्द्र शाह भएको आरोप लगाउँदै ज्ञानेन्द्र मूर्ति चोर भएको समेत भएको दाबी गरेका छन् ।

प्रचण्डले यस्ता बदनाम संस्था फेरि फर्किन सम्भव नरहेको बताए । प्रचण्डले भने, ‘जुन नौटङ्कीहरू देखाइँदैछ । २५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्‍याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठुलठुला मूर्ति चोरहरू अहिले राजा ! भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्स्यो भन्ठानेको ?’

उनले पहिलोचोटि प्रधानमन्त्री हुँदा आफूले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको तर बीचमै सरकार ढल्दा नसकेको बताए । ‘मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए म फेरि एक पटक भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठधारामा ठेगान लगाउने विचार थियो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE