काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले सामान्य नागरिकको नैसर्गिक अधिकारलाई रोक्ने र धरपकट गर्ने काम गरेको आरोप लगाउँदै विराेध जनाएका छन् । सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेको भन्दै शुक्रबार पत्रकार सम्मेलनगरी विरोध जनाएका हुन् ।
‘‘सरकारले नेपाली नागरिकको हिँडडुल गर्न पाउने संवैधानिक अधिकार र मानव अधिकारलाई कुन्ठित गर्ने काम गरेको छ । एनओसीले नेपालको कानुन र ओलम्पिक चाटर्डलाई आत्मसाथ गरेर काम गरिरहेको छ । सरकारले ओलम्पिक र कानुनलाई बुझ्न नसकेको हो वा नचाहेको हो थाहा भएन,’’ जीवनरामले भने ।
उनले सरकारको गतिविधिले नेपालले सहभागिता जानउने युथ ओलम्पिक, साग गेम्स र एसियाली खेलकुद प्रतियोगितामा नेपालको सहभागितामै अफ्ठेरो पर्ने चुनौती पनि दिए । सरकाले हालै सम्पन्न एनओसीको निर्वाचनलाई अवैधानिक ठहर गरेको थियो । निर्वाचनबाट अध्यक्षमा निर्वाचित एनओसी अध्यक्ष जीवनरामलाई कुवेतस्थित अध्यागमन विभागले मङ्गलबार डिपोर्ट गर्ने प्रयास गरेको थियो । तर जीवनरामलाई ओलम्पिक कमिटी अफ एसिया (ओसिए) र कुवेत सरकारको पहलमा कुवेतबाट डिपोर्ट हुनबाट रोकिएको थियो ।
नेपाल सरकारले पछिल्लो समय सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको निर्देशनको अवज्ञा गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बेगर निर्वाचन सम्पन्न गरेको भन्दै एनओसी पदाधिकारीलाई कारबाहीस्वरूप अध्यागमन विभागमा पत्र लेख्दै विदेश जान रोक लगाउन आदेश दिएको छ । यस्तै सरकारले सातदोवाटोस्थित एनओसी भवनसहितका सरकारी स्रोत-साधन प्रयोग गर्न नदिनेदेखि बैँक खाता रोक्का गर्ने निर्णय समेत गरेको छ ।
पत्रकार सम्मेलनमा एनओसी अध्यक्ष जीवनरामले ओलम्पिकको सदस्यता नपाएर अदालत पुगेका पाँच वटा राष्ट्रिय सङ्घलाई ओसिएको रोहबरमा पूर्णकालीन सदस्यता दिने सहमति भएको र पाँच सङ्घले निसर्त मुद्धा फिर्ता लिने सम्झौता भएको पनि उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: