ह्युस्टन । अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् । अमेरिकाको दोस्रो ठुलो राज्य टेक्सासमा दादुराका करिब १६० घटना फेला परेका छन् । यो प्रकोप महिनौंसम्म रहन सक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिएका छन् ।
टेक्सास राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्सासमा एक दर्जन दादुराका घटनाहरू पत्ता लगाइएको जनाएको छ । सोमबार अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाईको क्रममा राज्य स्वास्थ्य विभागका आयुक्त डा.जेनिफर शुुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताए ।
“हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौंसम्म चलेका छन् । केही साढे दुई महिनासम्म चलेका छन्, तर न्यूयोर्कमा साढे १० महिनासम्म चलेको थियो,” शुफोर्डले थपे । पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसबेलादेखि सङ्ख्या बढ्दै गएको छ ।
सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन् । धेरै जसो केसहरू ५ देखि १७ वर्ष उमेरका बालबालिकामा छन् । टेक्सासले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो । यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो । दादुरा एक अत्यधिक सङ्क्रामक श्वासप्रश्वास रोग हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...
मंसिर २९ गते, २०८२ - १७:४३
ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...
मंसिर २९ गते, २०८२ - १७:४१
टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...




प्रतिकृया लेख्नुहोस्: