लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापारीले बढी लिएको गुनासो गरिएको छ।
१० दिनअघि प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको मालदह आँपको मूल्य अहिले प्रतिकिलो १०० रुपैयाँ पुगेको छ। किसानका बगैंचामा मालदह आँप सकिन लागेकाले मूल्य बढ्नु स्वाभाविक भए पनि बजार व्यवस्थापनको अभाव र उचित मूल्य निर्धारणमा सम्बन्धित निकायको उदासीनताका कारण उपभोक्ताले मनपरी मूल्य तिर्नुपरेको गुनासो गरेका छन्।
लहान–१ का नेनीलाल रामले मालदह आँप यति महँगो हुने अपेक्षा नगरेको बताउँदै किसानभन्दा व्यापारीले बढी लाभ उठाएको आरोप लगाए। उनले बजार अनुगमन र मूल्य निर्धारणको प्रभावकारी व्यवस्था नहुँदा व्यापारीले मनपरी मूल्य लिइरहेको बताए।
व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट सकिइसकेको छ। मालदह आँप अब करिब १० दिनमात्र उपलब्ध हुने र त्यसपछि कलकत्तिया तथा अम्रपाली जातका आँप बजारमा पाइनेछन्।
सखुवानन्कारकट्टी गाउँपालिकाका कृषक अगुवा तिरपित यादवले किसानले कहिल्यै पनि आफ्नो उत्पादनको उचित मूल्य नपाएको गुनासो गरे। उनका अनुसार असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानले बगैंचामा आँप कुरेर बस्न नसक्ने अवस्था हुन्छ। यही बाध्यताको फाइदा उठाउँदै व्यापारीले सस्तोमा आँप खरिद गरी महँगोमा बिक्री गर्ने गरेका छन्।
उनले आँपका लागि प्रशोधन केन्द्र, शीतभण्डार र व्यवस्थित बजारको व्यवस्था नभएसम्म किसानले उचित मूल्य नपाउने बताए।
वरिष्ठ लेखक तथा हुलाकी मार्गका अभियन्ता रामरिझन यादवले सिरहा र सप्तरीका किसानका लागि केन्द्र मानिने लहानमा आँप बजार व्यवस्थित गर्न नसकिएकोमा दु:ख व्यक्त गरे। उनका अनुसार विगतमा गरिएको आँप ब्रान्डिङलाई निरन्तरता दिँदै अन्य बजारमा विस्तार गर्न जिल्ला कृषि ज्ञान केन्द्र सिरहा तथा लहान, धनगढीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकाले पूर्व–पश्चिम राजमार्गमा तथा भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही गाउँपालिका र सिरहा नगरपालिकाले हुलाकी राजमार्ग क्षेत्रमा आँप बिक्री केन्द्र सञ्चालन र आँप महोत्सव आयोजना गर्नुपर्ने भए पनि त्यसतर्फ आवश्यक पहल हुन सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १२:३७
महोत्तरी । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपियाँ खर्च गरेकामा आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएयता १८ द...
आषाढ़ २१ गते, २०८३ - १२:०३
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० र चाँदीको मूल्य रु १...
आषाढ़ २१ गते, २०८३ - ११:५४
काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...
आषाढ़ २१ गते, २०८३ - ११:३७
लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापार...
आषाढ़ २१ गते, २०८३ - ११:३१
रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी क...
आषाढ़ २१ गते, २०८३ - ११:०४
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले सम्पन्न गरेका ४२ प्रमुख काम सार्वजनिक गरेका ...
आषाढ़ २१ गते, २०८३ - १०:४५
सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडकको पहुँच अझै सपना जस्तो छ । बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन प्रहरीको कदमको आवाज नै यहाँको नागरि...
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...



प्रतिकृया लेख्नुहोस्: