कास्की । पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा मङ्गलबार भएको खेलमा ब्ल्याक बुल्सले थन्डर बोल्ट नर्थ युनाइटेड भारतलाई ३–० गोलले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । ब्ल्याक बुल्सको जितमा स्लोमजोन, दाभलाट्जोनभ, साट्टोरोभले एक/एक गोलको योगदान दिए । खेलको ३८औँ मिनेटमा साट्टोरोभले दिएको पासलाई स्लोमजोनले वान भर्सेस वानको अवस्थामा प्रहार गर्दा पोस्टमा छिरेको थियो ।
खेलको ७३औँ मिनेटमा साट्टोरोभको पासलाई दामलाट्जोनभले गोलमा परिणत गरे । ७५औँ मिनेटमा दामलाट्जोनभले डिबक्समा मिलाइदिएको पासलाई साट्टोरोभले पोस्ट प्रहार गर्दा बलले जाली चुम्यो । ब्ल्याक बुल्सले फाइनल यात्राका लागि थ्रीस्टार क्लबसँग प्रतिष्पर्धा गर्नेछ । खेलमा ब्ल्याक बुल्सका एलिजोनभ म्यान अफ दि म्याच घोषित भए ।
मङ्लबारको खेलमा नर्थ युनाइटेडले राम्रो मुभ निकाल्न सकेन । खेलको ८५औँ मिनेटमा करण राईले प्रहरा गरेको हेड बललाई विपक्षी किपर राजाबोभले बचाए । नर्थ युनाइटेडका प्रशिक्षक सोनम भुटियाले खेलाडीबिच तालमेल नहुँदा गोल हुन नसकेको बताउँदै विपक्षी टोलीले राम्रो खेलको बताए ।
ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले विपक्षी भन्दा आफ्ना खेलाडीले राम्रो खेलेको बताउँदै आगामी खेल पनि उत्कृष्ट बनाउने गरी रणनीति तय गर्ने बताए । विदेशी टोली ब्ल्याक बुल्सको खेल यो संस्करणमा आहा रारामा सहभागी टिम मध्येकै राम्रो भएको दर्शकको प्रतिक्रिया थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: