Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

मधेशमा १४.७३ प्रतिशत धान रोपाइँ सम्पन्न

खबरडबली संवाददाता

ढल्केबर। मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश प्रदेशले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार १९ गतेसम्म प्रदेशका आठवटै जिल्लामा कुल तीन लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ५९ हजार ८९५।०६ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको हो ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सिरहामा र सबैभन्दा कम सर्लाहीमा भएको छ । सिरहामा ५४ हजार हेक्टरमध्ये २५ प्रतिशत अर्थात् १३ हजार ५०० हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

सप्तरीमा ६८ हजार हेक्टरमध्ये २४ प्रतिशत अर्थात् १६ हजार ३२० हेक्टरमा रोपाइँ सकिएको छ । धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये १५ प्रतिशत अर्थात् ६ हजार ५५५ हेक्टर क्षेत्रमा धान रोपिएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी बारामा ४५ हजार १०० हेक्टरमध्ये १३ प्रतिशत अर्थात् ५ हजार ८६३ हेक्टर, महोत्तरीमा ४० हजार हेक्टरमध्ये १२।३७ प्रतिशत अर्थात् ४ हजार ९४८ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये १२ प्रतिशत अर्थात् ६ हजार ४७२.५६ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ ।

रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये ८।५ प्रतिशत अर्थात् ३ हजार २७२.५६ हेक्टर क्षेत्रमा रोपाइँ भएको छ । सबैभन्दा कम सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये आठ प्रतिशत अर्थात् ३ हजार ४१५ हेक्टर क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार मधेस प्रदेशमा कुल ५ लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रमा प्रत्येक वर्ष धान खेती हुने गरेको छ ।

निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले मनसुन सक्रिय भएसँगै धान रोपाइँले गति लिन थालेको बताए। उनका अनुसार आगामी केही दिन नियमित वर्षा भए रोपाइँले थप गति लिने अपेक्षा गरिएको छ । पर्याप्त वर्षा भएका जिल्लामा किसान खेत तयारीसँगै रोपाइँमा व्यस्त छन् भने वर्षा कम भएका क्षेत्रमा किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, आयोगको रोहबरमा हिरासतबाट पनि रिहा

काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...

उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र हटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छ लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।  त्यसअघि बैठ...

सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति श्रम संस्कृति पार्टीको असहमति छ

काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...

राष्ट्रिय सभामा मल अभावदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...

रास्वपाले अराजनीतिक गतिविधि गर्दैन : सांसद बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending