काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ । शरदले २०२४ मा एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेलेको थिए ।
अब भने गोर्खाजको क्रिकेट व्यवस्थापन, रणनिती, प्राविधिक पक्ष, खेलाडी व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्न लागेको हो । शरदको आगमनले काठमान्डु गोर्खाजको प्राविधिक र क्रिकेट व्यवस्थापन अझ मजबुत हुने विश्वास गोर्खाज व्यवस्थापनले लिएको छ ।
शरदले सन् २००२ मा यूएईमा भएको एसीसी यू–१५ एसिया कपमा खेल्न सुरु गरेको थिए । त्यसपछि नेपालको यू–१७, यू–१९ हुदै शरदले २००४ मा पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेको थिए ।
शरदले २०१४ मा नेपाललाई पहिलो पटक टी–२० विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको थिए। नेपालले २०१८ मा नेदरल्यान्ड्स गएर पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा शरद त्यो टोलीका सदस्य थिए।
प्रथम श्रेणीको क्रिकेटमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर ८९ रन रहेको छ, जुन शरदले २००५ मा कीर्तिपुरमा यूएईविरुद्ध इन्टर कन्टिनेन्टल कपमा बनाएको थिए। उनले गतवर्ष हङकङ सुपर सिक्समा नेपालको कप्तानी गर्दै शरदले आफ्नो खेल जिवनलाई टुङ्ग्याएको थिए।
घरेलु क्रिकेटमा पनि शरद निकै सफल खेलाडी तथा कप्तान छन्। नेपालका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा शरदको कप्तानीमा तीन उपाधि जितेको थियो भने ३ मा उपविजेता बनेको थियो ।
शरदले एनपिएल सिजनका लागि एकदमै उत्साहित रहेको र यसलाई चुनौतीको रुपमा लिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘आफ्नो तर्फबाट शतप्रतिसत दिएर राम्रो नतिजा ल्याउन प्रयास गर्नेछु ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: