सुनसरी । ताप्लेजुङको मुक्कुमलुङमा केवलकार निर्माणको काम बन्द गर्नुपर्ने माग राखी गरिएको बन्दले यात्रु अलपत्र परेका छन् । आइतबारबाट मुक्कुमलुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिले ९ जिल्ला बन्द गरेसँगै धरान उपमहानगरपालिकाबाट पूर्वी पहाडी जिल्लामा चल्ने सवारीसाधनको आवागमन ठप्प हुँदा यात्रु अलपत्र परेका हुन् ।
उपचारका लागि धरान आएका भएको भोजपुर निवासी प्रेम राई उपचारपश्चात आज घर फर्किन लाग्दा अलपत्र परेको बताए । सीमित खर्चमा हिँडेको थिएँ, अब बन्दले अलपत्र परेको छु’ उनले बताए । उनिजस्तै घर हिँडेका भोजपुरका सविन राई पनि अन्योलमा रहेको बताए ।
यसैगरी गौरीगञ्जबाट पाख्रिबास हिँड्नु भएको सुधिर कटुवाल पनि धरान आएर अलपत्र परेको कारण खाने बस्नेको समस्या भएको बताए । बन्द नै हल होइन, यसरी आमनागरिकलाई दुःख दिएर समस्याको हल हुँदैन, यसरी काम गरेर खानेलाई झन दुःख हुने भएकाले सम्बन्धित सबै निकायले आन्दोलनकारीसँग समन्वय गरी बन्द खुलाउनु पर्ने उनले बताए ।
यसैगरी धरानबाट तराईतिर जाने यात्रुहरू पनि अलपत्र परेका छन् । कामविशेषले धरान आएका गुड्डु जैसवाल पनि जोगवनी घर जाने क्रममा अल्झिएको बताए । मुक्कुमलुङमा केबुलकार निर्माणको विरोध गर्दैआइरहेको मुक्कुमलुङ संरक्षण समितिले केहि दिनअघिबाट मेची राजमार्ग तथा तमोर काेरिडोर बन्द गर्दै आएको छ । समितिले माघ २० र २१ गते ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा गरी ९ जिल्लामा सवारीसाधन बन्द गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: