काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारले राज्यले घटनाको जिम्मेवारी स्वीकार नगरेसम्म शव नबुझ्ने अडान दोहोर्याएको छ। घटनापछि सरकारसँग भइरहेको वार्तामा अहिलेसम्म ठोस सहमति नजुटेपछि अन्त्येष्टिको प्रक्रिया पनि रोकिएको छ।
मृतकका आफन्तका अनुसार शनिबार अबेरसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरकारी टोलीसँग छलफल भए पनि कुनै निष्कर्ष निस्किएन। परिवारको माग स्पष्ट छ– घटनाको जिम्मेवारी राज्यले स्वीकार गर्नुपर्छ, दोषीमाथि कारबाही हुनुपर्छ र पीडित परिवारलाई न्यायको प्रत्याभूति दिनुपर्छ।
सरकारी पक्षबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको नेतृत्वमा वार्ता भइरहेको छ। प्रधानमन्त्री कार्यालयले समेत घटनालाई गम्भीर रूपमा लिएर सहमतिको प्रयास गरिरहेको बताइएको छ।
उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा गणेशको मृत्यु भएपछि परिवारले शव बुझ्न अस्वीकार गरेको थियो। वीर अस्पतालमा शव लामो समय सुरक्षित राख्ने पर्याप्त व्यवस्था नभएकाले शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जस्थित शवगृहमा सारिएको अस्पतालले जनाएको छ। परिवारले शव नबुझेसम्म पोस्टमार्टम र कानुनी प्रक्रिया अघि बढ्न नसक्ने अवस्था छ।
घटनापछि काठमाडौं महानगरपालिकाले गणेशको परिवारलाई मानवीय सहयोग, परिवारका सदस्यलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरिसकेको छ। साथै यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता पनि महानगरले जनाएको छ।
उता, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार गणेशले राहदानी विभाग अगाडि यात्रु ओरालेपछि मोटरसाइकल रोकिराखेका थिए। त्यस क्रममा नगर प्रहरीसँग विवाद भएको, पछि मोटरसाइकलमा ह्विल लक लगाइएपछि करिब दुई घण्टापछि उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले विभिन्न कोणका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा घटनास्थलका भिडियोहरू संकलन गरी अनुसन्धानलाई तीव्र बनाएको छ। घटनापछि नगर प्रहरीका तीन कर्मचारीसँग पनि सोधपुछ गरिएको छ।
यसबीच आत्मदाहका घटनाले थप चिन्ता बढाएको छ। काठमाडौंको बुद्धनगरमा शनिबार आफ्नै घरमा शरीरमा आगो लगाएका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले दुवै घटनाको कारण र पृष्ठभूमिबारे छुट्टाछुट्टै अनुसन्धान भइरहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...



प्रतिकृया लेख्नुहोस्: