Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

खबरडबली संवाददाता

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेरिन्छ, व्यवसाय छुट्छ र जनतासँगको दूरी बढ्दै जान्छ। तर अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हरिप्रसाद भुसाल भने यो परम्पराबाट अलग देखिएका छन्।

संसद्मा कानुन निर्माणको जिम्मेवारी निभाइरहेका भुसाल फुर्सद मिल्नेबित्तिकै आफ्नै पुरानो पेशामा फर्किन्छन्। सन्धिखर्कस्थित आफ्नो आर्ट पसलमा पुगेर उनी आफैँ ब्रस समाउँछन्, रङ मिसाउँछन् र साइनबोर्ड तथा पेन्टिङको काम गर्छन्। उनीका लागि यो व्यवसाय केवल आम्दानीको स्रोत होइन, आफ्नो पहिचान, आत्मसम्मान र श्रमप्रतिको सम्मान पनि हो।

करिब दुई दशकअघि सुरु गरेको आर्ट व्यवसायलाई सांसद बनेपछि पनि नछाडेको बताउँदै भुसाल भन्छन्, “राजनीतिले पेशा छोड्नुपर्छ भन्ने छैन। संसद् चलेको बेला म जनताको काममा हुन्छु, फुर्सद भएपछि आफ्नै पेशामा फर्किन्छु। श्रम गर्न लाज मान्नु हुँदैन।”

उनका अनुसार अहिले काठमाडौँमा हुँदा पनि चिनेजानेकाले आर्टसम्बन्धी कामको प्रस्ताव गर्न थालेका छन्। भविष्यमा राजधानीमै पनि फुर्सदको समयमा व्यवसायलाई निरन्तरता दिने सोच बनाएको उनले सुनाए।

सन्धिखर्क नगरपालिका–१ मञ्चलाइनमा रहेको उनको आर्ट पसल अहिले फेरि चर्चामा छ। सांसद बनेपछि पनि आफ्नै पसलमा बसेर काम गरिरहेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। धेरैले यसलाई सादगी, इमान्दारिता र श्रमप्रतिको सम्मानको उदाहरण भन्दै प्रशंसा गरेका छन्।

भुसालका अनुसार कुनै पनि पेशा सानो वा ठूलो हुँदैन। वर्षौँ लगाएर सिकेको सीपलाई त्याग्नु उचित नलागेकाले राजनीतिसँगै व्यवसायलाई अघि बढाइरहेको उनी बताउँछन्। कठिन समयमा यही सीपले आत्मनिर्भर बनाएको स्मरण गर्दै उनी अहिले पनि त्यसैलाई आफ्नो पहिचान मान्छन्।

नेपालको राजनीतिमा सार्वजनिक पदमा पुगेपछि विगतको पेशालाई लुकाउने वा त्याग्ने प्रवृत्तिका बीच भुसालको अभ्यासले नयाँ बहस जन्माएको छ। के राजनीतिमा पुगेपछि श्रम गर्न छोड्नुपर्छ ? भन्ने प्रश्न अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उठिरहेको छ।

स्थानीयवासीका अनुसार सांसद बनेपछि पनि भुसालको व्यवहारमा कुनै परिवर्तन आएको छैन। उनी अहिले पनि पहिलेजस्तै सहज रूपमा बजारमा भेटिन्छन्, आफ्नै पसलमा काम गर्छन् र सर्वसाधारणसँग घुलमिल हुन्छन्। यही सरलताले उनलाई स्थानीय समुदायमा अझ लोकप्रिय बनाएको छ।

सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले पनि उनको कदमलाई सकारात्मक सन्देशका रूपमा लिएका छन्। धेरैले श्रमको सम्मान गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने अभ्यास भन्दै प्रशंसा गरेका छन् भने केहीले सांसदको प्राथमिकता जनताको काम र विधायिकी भूमिकामै केन्द्रित हुनुपर्ने टिप्पणी पनि गरेका छन्।

भुसाल भने सार्वजनिक जिम्मेवारी र व्यक्तिगत पेशाबीच कुनै द्वन्द्व नरहेको बताउँछन्। “कसैसँग मागेर गरिने राजनीति आलोचित हुन्छ। आफ्नो खर्चको स्रोत आफैँ जुटाउन सके राजनीतिमा पनि आत्मसम्मान रहन्छ,” उनी भन्छन्।

नेपालमा जनप्रतिनिधिप्रतिको विश्वास खस्किरहेको चर्चा भइरहेका बेला सांसद हरिप्रसाद भुसालको यो अभ्यासले फरक राजनीतिक संस्कृतिको सन्देश दिएको छ। संसद्को कुर्सी र आर्ट पसलबीचको उनको यात्रा केवल एउटा व्यक्तिगत कथा होइन, श्रमको सम्मान, आत्मनिर्भरता र व्यवहारबाट नेतृत्व देखाउने उदाहरण बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending